एभरेष्ट बैंकले ल्यायो 'इन्डो नेपाल रेमिट' सेवा, मोबाइल मार्फत रेमिट गर्न सकिने

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 11, 2016 | 05:58:48 PM मा प्रकाशित

laxmi  sunrise bank

एभरेष्ट बैंक लिमिटेडले इन्डो नेपाल रेमिट औपचारिक रुपमा संचालनमा ल्याएको छ। बैंकले जोइन्ट भेन्चरको रुपमा रहेको भारतको पन्जाब नेशनल बैंकसंगको सहकार्यमा इन्डो नेपाल रेमिट संचालनमा ल्याएको जनाएको छ। 

यस सेवासंगै भारतमा रहेका नेपालीहरुले पन्जाब नेश्ननल बैंक भारतको कुनै पनि शाखाबाट अनलाईन मार्फत नेपालमा रेमिट गर्न सक्ने बैंकद्वारा जारी बिज्ञप्तीमा उल्लेख छ। 

पन्जाब नेशनल बैंकको सहकार्यले भारतमा रहेका नेपालीहरुलाई मोबाईलको प्रयोग बाटै अनलाईन मार्फत रेमिट सेवा दिन सम्भव भएको बैंकद्वारा जारी बिज्ञप्तीमा उल्लेख छ। यो सेवा सुरु भएसंगै भारतबाट गरिएको रेमिट नेपालमा रहेका एभरेष्ट बैंकका सम्पूर्ण शाखा कार्यालय र ५ सय भन्दा बढी व्यवसायिक प्रतिनिधि मार्फत प्राप्त गर्न सकिने बैंकले जनाएको छ। 

हाल एभरेष्ट बैंकले आफ्ना ग्राहकहरुलाई ६१ शाखा कार्यालय, ५ एक्सटेन्सन काउन्टर, २४ वटा रेभेन्यु काउन्टर र ८६ एटिएम मार्फत बैंकिङ सेवा उपलब्ध गराउदै आएको छ। 
     
 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved