हरेक कोठा दुई छुट्टा छुट्टै देशमा पर्ने युरोपको एउटा अनौठो होटेल (फोटोफिचर)

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 13, 2016 | 02:10:03 PM मा प्रकाशित

laxmi  sunrise bank

बिश्वमा यस्ता धेरै स्थान, रीति-रिवाज र बस्तुहरु छन् जुन हेरेर हामी आश्चर्यचकित हुन्छौ। यस्तै एउटा अनौठो होटेल युरोपमा छ ।

१ सय ५० बर्ष भन्दा पनि पुरानो यो होटेल  स्विजरल्याण्ड र फ्रान्सको बिचमा बनेको छ । यस होटेलको बिशेषता के छ भने होटेलको  एक तिहाई भाग स्विजरल्याण्डको भूभागमा छ भने २ तिहाई भाग फ्रान्सको भूभागमा छ।  यो टु स्टार होटेल  'ला क्योर' भन्ने स्थनमा छ। यस्तो अनौठो होटेलको नाममा २ देश नै जोडिएको छ  । होटलको नाम  'अरबेज फ्रेंको सुइस' हो ।

होटेलबारेको अर्को नौठो कुरा भनेको त्यहाँ पुग्ने हरेक व्यक्तिलाई कुन देशको कोठा चाहिन्छ वा कुन देशमा सुत्न चाहनु हुन्छ भनेर सोधिन्छ  ।

यस अनौठो होटेलको हरेक कोठा २ भागमा बाडिएको छ । डबल बेड रहेका कोठाहरुमा आधा भाग स्विजरल्याण्डमा पर्छन र आधा भाग फ्रान्समा पर्छन । ति बेडमा तकिया पनि देश अनुसार कै झण्डाको हिसावमा लग अलग राखिन्छ ।

यतिसम्म कि कुनै कोठाको रुम र बाथरुम अलग अलग देशमा छन्  । त्यस्तै होटेलको सिढी पनि केहि भाग फ्रान्स र केहि भाग स्विजरल्याण्डमा पर्छ  । अझ अर्को अनौठो कुरा के छ भने यदि तपाईले चाहेमा तपाई एक साथ २ देशमा सुत्न सक्नु हुन्छ । अर्थात् केहि कोठाको डिजाइन यस्तो छ जहाँ सुत्दा खेरी कम्मर भन्दा माथिको आधा शरीर  एक देशमा र बाँकि शरीर अर्को देशमा पर्छ । 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved