बैंक अफ काठमान्डू लुम्बिनीको ब्राण्ड एम्बेसेडरमा धुर्मुस-सुन्तली, बचतलाई प्रोत्साहन गर्ने

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 22, 2016 | 08:56:34 AM मा प्रकाशित

laxmi  sunrise bank

बैंक अफ काठमांडू लुम्बिनी लिमिटेडले व्यसाय प्रवर्दनका लागि हास्यकलाकार तथा सामाजिक अभियन्ता सीताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली)लाई ब्राण्ड एम्बेसेडर नियुक्त गरेको छ । 

यस सम्बन्धि सहमतिपत्रमा दुवै पक्षबीच बुधबार सम्झौता भएको छ। सम्झौता पत्रमा सम्झौंतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत अजय श्रेष्ठ र कलाकार सीताराम कट्टेलले हस्ताक्षर गरे ।

सम्झौता अनुसार एम्बेसेडरले टेलिभिजन, रेडियो,पत्रपत्रिका र अनलाइन संचार माध्यमबाट एकीकृत रुपमा बैंकको प्रवर्दन गर्नेछन्। बैंकले “ वचत नै हो धन, सुनौलो भविष्य, सजिलो जीवन ” नारालार्इ अघि बढाउनेछ। 

बैंकका प्रमुख कार्यकारी अधिकृत श्रेष्टले कलाकारद्धयको सहकार्यले बैंकलार्इ दीर्घकालिन रुपमा सहयोग पुग्ने बताए। कलाकार कट्टेलले ब्राण्ड एम्बेसेडर भएर बचतलार्इ प्रोत्साहित गर्न पाउनु खुशीको विषय भएको बताए।   

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved