त्रिबेणी विकास बैंकले डाक्यो बिशेष साधारणसभा, यस्ता छन् मुख्य एजेण्डा

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jan 21, 2017 | 01:45:27 AM मा प्रकाशित

laxmi  sunrise bank

त्रिबेणी विकास बैंकले बिशेष साधारणसभाको मिति तय गरेको छ। जनता बैंकसंग मर्जर सम्बन्धमा भएको स्वाप रेसियो तथा अन्य सहमतिलाई अन्तिम स्वीकृति दिन फागुन १ का लागि बिशेष साधारणसभा डाकिएको बैंकले जनाएको छ।

दुवै बैंकले नेपाल राष्ट्र बैंकबाट गत पुष ११ मा मर्जरका लागि सैदान्तिक सहमति प्राप्त गरिसकेका छन। मर्जरका लागि दुवै बैंकको स्वाप रेसियो १:१ कायम गरिएको छ। फागुन १ गते चितवनको भरतपुरमा रहेको होटल रोयल सेन्चुरीमा हुने बिशेष साधारणसभाले सो स्वाप रेसियोलाई अन्तिम स्वीकृति दिने छ ।

मर्जरपछि जनता बैंकको नामबाट कारोबार गर्ने प्रस्ताब समेत बैंकको बिशेषसाधारणसभा लगिने भएको छ। मर्जरपछि बन्ने जनता बैंकको चुक्ता पुंजी करिब ५ अर्ब १० करोड हाराहारी पुग्ने अनुमान छ। नेपाल राष्ट्र बैंकले तोकेको चुक्ता पुंजी ८ अर्ब पुर्याउनका लागि ३ अर्ब चुक्ता पुंजी अपुग हुने छ। दुवै बैंकबीच मर्जर पश्चात कायम चुक्ता पुंजीको ६० प्रतिशत हकप्रद बिक्रि गर्ने प्रस्ताब बैंकको बिशेषसाधारणसभा लगिने भएको छ। सो सभाले स्वीकृति दिएपश्चात हकप्रद निष्काशन प्रक्रिया अगाडी बढ्ने छ।

खुद नाफा बढाउने वा अरु कम्पनीहरुलाई मर्ज वा प्राप्ति गर्ने अथवा अर्को बर्ष हकप्रद वितरण गरेर चुक्ता पुंजी ८ अर्ब पुर्याउने सहमति भएको जनाइएको छ। केहि वित्तीय संस्थाहरुलाई प्राप्ति गर्ने कुरा चलिरहेको जनाइएको छ। माछापुच्छ्रे बैंकसंग मर्जर तोडीएपछी राष्ट्र बैंकले तोकेको चुक्ता पुंजी ८ अर्ब पुर्याउन हम्मे हम्मे परेको जनता बैंकले त्रिबेणी विकास बैंकको साथ पाएसंगै थप सबल बन्ने बिश्वास गरिएको छ।

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved