नबिल बैंक सहित ३ संस्थामा पुर्वराजाको ३ लाख कित्ता सेयर 

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jan 21, 2017 | 05:25:49 AM मा प्रकाशित

laxmi  sunrise bank

आर्थिक वर्ष २०७३/ ७४ मा पूर्वराजा वीरेन्द्र शाहको परिवारको चल सम्पति ४० करोड ८८ लाख ७६ हजार रुपैँया रहेको छ। नेपाल ट्रष्टले दिएको जानकारी अनुसार पूर्वराजा वीरेन्द्र, पूर्वरानी ऐश्वर्य, पूर्वयुवराज दीपेन्द्र र निराजनको नाममा उक्त चल सम्पति रहेको छ।

यस्तै शेयरतर्फ विभिन्न बैंक तथा सङ्घ संस्थामा दुई लाख ९५ हजार एक सय १२ कित्ता शेयर रहेको छ।नबिल बैंक लिमिटेडमा दुई लाख ५७ हजार ६ सय ४२ कित्ता, होटल डेला अन्नपूर्णमा ३० हजार ७ सय २० कित्ता र इन्ड्रष्ट्रियल डेभलपमेन्ट बैंकमा ६ हजार ७ सय ५० कित्ता रहेको ट्रष्टका सहसचिव लेखबहादुर कार्कीले जानकारी दिए।

यस्तै ट्रष्टको नाममा किष्ट बैंकको खातामा ४८ हजार ४ सय ६६ पाउन्ड स्टर्लिङ र प्रभु बैंकको खातामा एक लाख ३८ हजार ६ सय २६ अमेरिकन डलर रहेको ट्रष्टले जनाएको छ। ट्रष्टले पूर्वराजाको परिवारको नाममा हालसम्म २३ हजार रोपनी जग्गा फेला पारेको जनाएको छ।

 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved