निर्वाचनको मिति घोषणा गर्न प्रमुख ३ दल सहमत  

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jan 22, 2017 | 07:11:03 AM मा प्रकाशित

laxmi  sunrise bank

प्रधानमन्त्री पुष्पकमल दाहालको आब्हानमा बसेको तीन दलको बैठक सम्पन्न भएको छ। बालुवाटारमा बसेको तीन दलको बैठकमा सहभागी शिर्ष नेताहरुबीच निर्वाचनको मिति घोषणा गर्न सहमति भएको जनाइएको छ। 

त्यस्तै बैठकमा उपस्थित शिर्ष दलका नेताहरुबीच दलीय सहमतिका लागि छलफललाई तिब्रता बनाइने सहमति भएको छ भने बिधेयक फिर्ता लिएर भएपनि सहमतिमा जाने छलफल भएको बैठकमा सहभागी एक नेताले बिजपाटीलाई जानकारी दिएका छन। 

बैठकमा प्रधानमन्त्री प्रचण्ड, कांग्रेस सभापति शेरवहादुर देउवा, एमाले अध्यक्ष केपी ओली, उपप्रधानमन्त्री विमलेन्द्र निधि, माओवादी नेताहरु नारायणकाजी श्रेष्ठ र रामवहादुर थापा वादल, कांग्रेस नेता रामचन्द्र पौडेल, एमाले नेता भिम रावल, सुवास नेम्वाङसहितका नेताहरुको सहभागिता थियो।   


विधान संशोधन, निर्वाचन सम्वन्धी विधेयक, स्थानीय तहको निर्वाचन लगायतका विषयमा छलफल गर्न बालुवाटारमा प्रमुख तीन दलको बैठक सुरु भएको थियो। 


 

 

 

 

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved