साढे ५ लाख मानिसलाई ट्वीटरले डोनाल्ड ट्रंपलाई फलो गर्न बाध्य पारेको खुलासा 

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jan 23, 2017 | 12:55:36 AM मा प्रकाशित

laxmi  sunrise bank

हालै सपथ लिएका अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रंप चर्चाको शिखरमा छन् । अमेरिकाको केहि शहरमा उनको विरोध पनि भईरहेको छ । केहि संचार माध्यमहरुले उनको सपथग्रहणमा भन्दा उनको विरोधमा धेरै मानिस देखिएको बताएका छन्  । 

यसै बिचमा माइक्रो ब्लगिंङ साईट ट्वीटरमा साढे ५ लाख भन्दा बढी प्रयोगकर्तालाई डोनाल्ड ट्रंपलाई फलो गर्न बाध्य पारिएको समाचार सार्बजनिक भएका छन्  । यसको खुलासा ट्वीटर आफैले गर्दै त्यसको लागि माफी पनि मागी सकेको छ  । 

अमेरिकी राष्ट्रपतिले ट्वीटरमा @POTUS नामको ट्वीटर ह्याण्डल प्रयोग गर्छन । उनले सपथ लिनु अगाडी सम्म यो ट्वीटर ह्याण्डल  निबर्तमान राष्ट्रपति ब्यारेक ओबामाले प्रयोग गरेका थिए । 

ट्वीटरको टोलीले ओबामाले गरेका सबै ट्वीटहरुलाई @POTUS44 मा लगेर आर्काइभमा राखिदियो र ट्रंपलाई @POTUS नाम कै ह्यान्डल दियो जुनमा एउटा पनि ट्वीट गरिएको थिएँन । 

यसरी ट्वीटहरु ट्रान्सफर गर्दा ट्वीटरले ओबामालाई फलो गरेका तर ट्रंपलाई फलो नगरेका ५ लाख ६० हजारलाई ट्रंपलाई फलो गर्न बाध्य पारेको खुलेको छ  । ट्वीटर स्वयंले यसको खुलासा गर्दै टेक्निकल गढबढीका कारण यस्तो भएकोले माफी समेत मागेको छ  ।

यसको लागि छानविन सुरु भई सकेको समेत ट्वीटरले बताएको छ  ।

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved