लोडसेडिङ गराउन मद्दत गर्ने बिद्युत प्राधिकरणका १४ कर्मचारी पक्राउ

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jan 23, 2017 | 03:44:33 AM मा प्रकाशित

laxmi  sunrise bank

विभिन्न तरिकाले बिद्युत चोरी तथा लोडसेडिङ गराउने कार्यमा सहयोग गरेको आरोपमा नेपाल विद्युत प्राधिकरणका सुपरभाइजरसहित १४ जनालाई पक्राउ परेका छन् ।

महानगरीय अपराध महाशाखाको टोलीले  ९ जना बहालवाला र ६ जना भूतपूर्व कर्मचारीलाई पक्राउ गरेको हो । उनीहरुमाथि  विद्युतको मिटर विगारेर चुहावट गर्ने तथा कम बिल निकाल्ने गरेको,  व्यापारीसँग मिलेर लोडसेडिङ गराउने गरेको, त्यस बापत  मोटो रकम लिएको आरोप लागेको छ । मिटर बिगारेर उद्योगसँग प्रतिमहिना कम्तीमा २५ हजारदेखि ३ लाख रुपैयाँसम्म उठाउने गरेको देखिएको छ । 

 

त्यसरी प्राधिकरणलाई ठुलो घाटा हुने गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ । पक्राउ पर्नेमा प्राधिकरणका सुपरभाइजर सुमन श्रेष्ठ, तलबहादुर कार्की, विद्युत प्राधिकरण हेटौंडाका कर्मचारी महादेव प्रधान लगायत छन् । पक्राउ परेका श्रेष्ठको साथबाट मिटर बिगार्ने मेसिन समेत बरामद भएको छ । 

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved