तरलता अभाव ब्यबस्थापन गर्न अनिल शाहका ३ सुत्र 

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jan 25, 2017 | 12:49:35 AM मा प्रकाशित

laxmi  sunrise bank

बढ्दो तरलता अभाव व्यवस्थापन गर्न नेपाल बैंकर्स संघका अध्यक्ष अनिल शाहले ३ वटा सुत्र प्रयोग गर्नु पर्ने बताएका छन् । सरकार लोसिएको र बैंकहरु हौसिएको कारणले तरलता अभाव बढेकोले दुवै पक्ष जिम्मेवार हुनु पर्ने शाहको तर्क रहेको छ ।अबको समाधान भनेको सरकारले गति लिनु र बैंकहरुले गति नियन्त्रण गर्नु नै हो , शाहले भने।

मेगा बैंकका कार्यकारी प्रमुख समेत रहेका शाहका अनुसार पछिल्लो तरलता अभाव निदानको सबै भन्दा भरपर्दो उपाय भनेको सरकार चलायमान हुनु नै हो । बिजपाटीसंग कुराकानीमा शाहले भने 'जति सक्दो छिटो सरकारले राष्ट्र बैंकमा थुप्रिएको ढुकुटीलाई विकास निर्माणमा खर्च गर्छ, त्यति नै छिटो तरलता अभाव ब्यबस्थापन हुन्छ' । 

समय मै सरकारले पुंजीगत बजेट खर्च गरेन भने तरलत अभावले अर्थतन्त्रका अन्य आयामहरुमा पनि गम्भीर प्रभाव पर्न सक्ने तर्क शाहको रहेको छ । उनी भन्छन् 'पुंजीको चलायमान स्वरुपलाई थप चलायमान बनाईएन भने अर्थतन्त्रले छिट्टै नकारात्मक मोड पनि लिन सक्छ । 

सरकारी खर्च वृद्धिको पाटोलाई बढी प्राथमिकता दिएका शाहले दोस्रो समाधानको उपाय भने बैंक र बैंकर्सहरुसंगै रहेको बताए । शाहले भने ' समयमा आएको बजेट र त्यसको ठुलो आकारले हौसिएका बैंकर्सहरुले धेरै ऋण प्रवाह गर्दा तरलता अभावको समस्या बढेको हो । त्यसैले बैंकहरुले ऋण प्रवाहमा ब्रेक लगाउनु अनिवार्य भईसकेको छ । मलाई बिश्वास छ आउँदो ६ महिनासम्म बैंकहरु ऋणको मात्रा बढाउन तयार हुने छैनन् । 

तेस्रो समाधानको उपाय भने अलि प्राबिधिक रहेको उनले बताए  । शाह भन्छन् ' बैंकहरुले कुल निक्षेपबाट सरकारी बचतमा राख्नु पर्ने १४ प्रतिशत रकमलाई पुनर्कर्जाको रुपमा उपलब्ध गराए तत्कालको समस्या समाधान हुन्छ । 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved