दलीय भागबण्डामा निर्वाचन आयोगमा ३ आयुक्तको नाम सिफारिस

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jan 28, 2017 | 04:12:46 AM मा प्रकाशित

laxmi  sunrise bank

परिषदको सिफारिससंगै निर्वाचन आयोगले पूर्णता पाउने भएको छ। परिषद्को शुक्रबार दिउँसो बसेको बैठकले निर्वाचन आयुक्तमा तीन आयुक्तको नाम सिफारिस गरेको छ। 

निर्वाचन आयुक्तमा तीन पूर्व प्रशासक ईश्वरीप्रसाद पौडेल, नरेन्द्र दाहाल र सुधिरकुमार शाहको नाम सिफारिस गरिएको छ। सिफारिस गरिएका तीन आयुक्त मध्ये  ईश्वरीप्रसाद पौडेल कांग्रेस, नरेन्द्र दाहाल एमाले र सुधिर कुमार शाह माओवादी कोटाबाट परेका हुन। 

एमालेबाट कोटाबाट आयुक्तमा सिफारिस गरिएका दाहाल केही समय निर्वाचन आयोगको सचिव भइसकेका प्रशासक हुन्। त्यस्तै कांग्रेसको कोटाबाट आयुक्तमा सिफारिस गरिएका इश्वरी प्रसाद पौडेल पूर्व रक्षा सचिव हुन भने माओवादी कोटाबाट सिफारिस गरिएका शाह गृह मन्त्रालयका पूर्व सहसचिव हुन् ।

सिफारिस गरिएका आयुक्तहरुको नाम संसदीय बिशेष समितिले अनुमोदन गरेपछि राष्ट्रपतिले नियुक्त गर्ने संवैधानिक व्यवस्था रहेको छ। त्यसपछि मात्र आयोगले पूर्णता पाउने भएको छ। ५ पदाधिकारी रहने निर्वाचन आयोगमा हाल प्रमुख आयुक्त अयोधिप्रसाद यादव र सदस्य इला शर्मा छन् ।

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved