नग्न भएर काम गर्ने महिलाको खोजीमा एक अनौठो विज्ञापन

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Feb 08, 2017 | 09:19:45 AM मा प्रकाशित

laxmi  sunrise bank

सरसफाई गर्ने कम्पनीले प्रति घण्टा ५७ डलर (रु. ६ हजारभन्दा बढि) दिने भन्दा सायदै मानिसहरुलाई आश्चर्य लाग्न सक्छ। तर आश्चर्यको कुरा त के हो भने सरसफाई गर्ने कामका लागि नग्न हुनु पर्ने कम्पनीले जनाएको छ। 

लण्डनको ‘नेचुरिष्ट क्लिनर्स’ नामक कम्पनीले नग्न भएर घर सफा गर्ने महिला कर्मचारीको खोजी गरिरहेको एक अनौठो विज्ञापन गरेको छ। त्यसो त कम्पनीले बिगत २ बर्षदेखि यस प्रकारको सेवा दिदै आएको र अहिले यसको माग अत्यधिक रहेकाले थप महिला कर्मचारीको आवश्यकता रहेको कम्पनीले बताएको छ। 

नीजि घरमा सफा गर्नका लागि ती महिला कामदारले चप्पल र सफा गर्ने पञ्जाबाहेक अरु केही लगाउन पाउँने छैनन् र यसो गरेबापत् उनीहरुलाई घण्टाको ५७ डलर (रु. ६ हजारभन्दा बढि) दिइने छ । यसका लागि जुनसुकै उमेर समूह र आकारका महिलाले आवेदन दिन सक्छन् ।

‘हामी महिला ‘नेचुरिष्ट क्लिनर्स’ को खोजीमा छौं जसले नग्न भएर नीजि घर सफा गर्न सक्छन्,’ उक्त जागिरको विज्ञापनमा दिइएको छ । ‘सफा गर्ने, भ्याक्युम लगाउने, बोट बिरुवामा पानी हाल्ने, बेड मिलाउने, वासिङ मेसिन चलाउने, लुगामा आइरन लगाउने र झ्याल–ढोका सफा गर्नुपर्ने छ ।’घर मालिकले महिला कामदारलाई छुन नपाइने र सफा गरिरहेका बेला फोटो तथा भिडियो खिच्न नपाइने सर्त मान्नुपर्ने हुन्छ ।


बेलायतको यस कम्पनीले स्वान्सि र साउथ वेल्समा निकै राम्रो प्रतिक्रिया पाएको कम्पनीका प्रवक्ताले बताएको टेलिग्राफले जनाएको छ। ‘धेरैजसो मानिसहरु यसमा दिइने तलबका कारण आकर्षित छन् । उनीहरुले कति समय काम गर्नुपर्छ भन्ने तोकिएको छैन । यो कामको चाप र कर्मचारीको समयमा निर्भर हुन्छ ।’

एक नग्नवादी ग्राहकले महिला कामदारले काम गरिरहेका बेला आफू नग्न हुन पाउने नपाउने बारे सोधेपछि उनले यसबारे सोचेको कम्पनीकी संस्थापक लाउरा स्मिथले बताइन् । नग्न महिला कामदारको पनि खाँचो रहेछ है भन्ने दिमागमा आएपछि आफूले यसको व्यवसाय सुरु गरेको उनले बताइन् । ‘हामीले यो व्यवसाय दुई वर्ष अघि बेलायतमा सुरु गर्यौं जुन निकै चर्चित भयो त्यसकारण हामी यो बढाउँछौं,’ उनले टेलिग्राफलाई बताइन् । ‘हाम्रो धेरैजसो ग्राहक नग्नवादी हुनुहुन्छ । त्यसकारण मैले महिला कामदार पूर्ण नग्न हुनैपर्ने भन्ने विषयमा जोड दिनैपर्छ ।’

यो बिशुद्द एक व्यवसाय भएको र यसमा यौन जन्य क्रियाकलाप केहि नभएको कम्पनीकी संस्थापक लाउरा स्मिथले बताएकी छिन।  

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved