'हुनेखाने दिल्लीतिर, हुँदा खाने भैरहवा'

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Feb 10, 2017 | 11:45:03 PM मा प्रकाशित

laxmi  sunrise bank

'हुनेखाने दिल्लीतिर, हुँदा खाने भैरहवा' कतै नयाँ उखान पो आयोकी भनेर तपाइँ सोच्दै हुनुहुन्छ भने यो उखान नभएर नेपालको स्वास्थ्य क्षेत्रको वास्तविकता हो। राजनीतिमा भनिन्छ 'दिल्लीमा पानि परे काठमान्डौमा छाता ओडीन्छ' यस्तै स्वास्थ्य क्षेत्रमा पनि काठमान्डौमा पेट दुखे दिल्ली दौडिनेको संख्या ठुलै भएको पाइएको छ।

गोजीमा गांठ भएको आँतमा रोग भएको कुनै नेपाली आफ्नो तन्दुरुस्ती जाच्न दिल्लीका महंगा अस्पताल पुग्ने गरेको पाइन्छ। त्यसैले होला दिल्लीका नाम चलेका अस्पतालले त् काठमान्डौमा सम्पर्क कार्यलय समेत चलाई सकेका छन। सामान्य बहिरंग सेवा देखि ठुला र जटिल प्रकृतिका अप्रेशन गर्न मात्रै काठमान्डौबाट दैनिक २० देखि ३० जना सम्म बिरामी दिल्लीको एपोलो अस्पताल जाने गरेको पाइएको छ। दिल्लीको महँगो र सुविधा सम्पन्न मानिने उक्त अस्पतालको काठमान्डौ सम्पर्क कार्यालयले दिएको जानकारी अनुसार दिल्लीमा पुग्ने बिरामीले सामान्य २० हजार देखि औशतमा ८ लाख रुपियाँ सम्म खर्च गर्ने गर्दछन।

एपोलो बाहेक मेदान्त अस्पतालमा पनि नेपाली बिरामी प्रशस्तै भेटिन्छन। यस्तै राजिब गान्धी क्यान्सर अस्पताल, अखिल भारतीय आर्यु बिज्ञान प्रतिष्ठान र राम मनोहर लोहिया अस्पतालमा समेत नेपाली बिरामीहरुको घुइंचो देखिन्छ।

दिल्लीका नाम चलेका अस्पतालमा नेपालीको जति घुइंचो देखिन्छ त्यसको असाध्यै धेरै भारतीय नागरीक उपचार गर्न भैरहवा आउंछन्। अब भने तपाइँलाइ अचम्म लाग्न सक्छ त्यो कसरि सम्भब भयो भनेर। यो सबै नेपालले आँखा उपचार क्षेत्रमा गरेको तरक्कीका कारण सम्भब भएको हो। भैरहवाको रण अम्बिका आँखा अस्पतालमा दैनिक १ हजार ५ सय भारतीय बिरामी आँखा सम्बन्धि विभिन्न उपचार गर्न आउने अस्पतालले जनाएको छ। फरक यत्ति हो , नेपालबाट दिल्ली उपचार गर्न पुग्ने सबै खाते पिता वर्गका धेरै छन् भने भारतबाट भैरहवा उपचार गर्न आउने हुँदा खाने वर्गका धेरै छन्' आँखा अस्पतालका एक जना आँखा बिशेसज्ञले बताए।

उनका अनुससार भारतको पूर्णिया, स्युराज, सुनौली देखि गोरखपुर सम्मका आँखा बिरामी उक्त अस्पतालमा आउने गरेका छन। अस्पतालमा सस्तो र सुलभ रुपमा आँखाका सामान्य देखि जटिल सल्यक्रिया सम्पन्न हुने भएकाले सिमावर्ती क्षेत्रका नेपाली आँखा अस्पतालमा भारतीयको घुइंचो हुने उनले बताए। पहाडमा भन्दा तराई र भारतका उत्तर प्रदेश तथा बिहारमा आँखाको व्यापक समस्या रहने अस्पतालका एक आँखा चिकित्सकले बताए।

भैरहवामा आँखा उपचार गर्दा अत्यन्त जटिल अपरेशनका लागि पनि २० हजार रुपैयाँ भन्दा बढी नलाग्ने बताइएको छ। तर भारतका एपोलो र मेदान्तमा भने सामान्य बहिरंग सेवामै २० हजार भारतीय रुपैयाँ सकिने बताइन्छ। के माथिका यी तथ्यले भन्दैन त 'हुनेखाने दिल्लीतिर हुँदा खाने भैरहवा' भनेर ?

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved