एमाले सहितका ७८६ जना कांग्रेसमा प्रवेश, 'कांग्रेसकै नेतृत्त्वमा चुनाब'   

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Feb 12, 2017 | 07:26:16 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाली कांग्रेसको नेतृत्त्वमा चुनाब हुने घोषणा गरिएको छ। क्षेत्र नम्बर २ गोरखा, नेपाली कांग्रेस क्षेत्रीय कार्यसमतिको आयोजनामा गोरखा पालुङ्गा नगरपालिकाको आमसभालाई सम्बोधन गर्ने क्रममा स्वास्थामन्त्री गगन थापाले यस्तो बताएका हुन।

'संबिधान पनि नेपाली कांग्रेसको नेतृत्त्वमा जारि भएकाले चुनाब समेत कांग्रेसकै नेतृत्त्वमा हुन्छ' थापाले भने। कांग्रेसको नेतृत्त्वमा संबिधान जारि भएकाले यसको कार्यन्वयन समेत आफ्नै नेतृत्त्वमा हुने थापाले दाबी गरेका छन। २०७० सालको निर्वाचनमा कांग्रेसले भारि मत ल्याएको जिकिर गर्दै थापाले यस पालिको चुनाबमा गोरखाले कांग्रेसलाई बहुमतले जिताउने बिश्वास व्यक्त गरे। 

नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाको प्रमुख आतिथ्यमा भएको सो आमसभामा ७८६ जना अन्यदलका कार्यकर्ताहरु नेपाली कांग्रेसमा प्रवेश गरेका छन्। यस अवसरमा सभापति देउवाले वास्तविक भूकम्प पिडीतको गुनासो तत्काल सम्बोधन गर्न गराउन आफुले पहल गर्ने बताएका छन्। क्षेत्र नम्बर २ गोरखाका स्थानीय तथा मुस्लिम संघका केन्द्रीय सभापति अब्दुल सत्तारको बिशेष पहलमा देउवा हेलिकप्टर चार्टर गरेर नै आमसभाको प्रमुख आतिथ्य गर्न पुगेका हुन।  

गोरखा, पालुङ्गा नगरपालिकामा अवस्थित भवानी क्याम्पसको प्रांगणमा भएको यस आमसभामा बनमन्त्री शंकर पोख्रेल, सभासद कमला पन्त, केन्द्रीय सदस्य सुरेन्द्रराज पाण्डे,  जिल्ला सभापति हरिबहादुर घले, मुस्लिम संघका केन्द्रीय सभापति अब्दुल सत्तार लगातका नेताहरुको उपस्तिथी रहेको थियो।   

 


 

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved