नेपाल बंगलादेश बैंकले प्रस्ताव गरेको हकप्रद नआउने सम्भावना, यस्तो छ कारण

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Feb 13, 2017 | 12:42:06 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल बंगलादेश बैंकले प्रस्ताव गरेको हकप्रद नआउने संभवाना बढेको छ । बैंकको गत कार्तिक ८ को साधारण सभाले ३२ प्रतिशत बोनस प्रस्ताव र १०:८ को अनुपातमा हकप्रद निस्काशन गर्ने प्रस्ताव पारित गरेको थियो ।

योजना अनुसार नेपाल बंगलादेश बैंकले १०:८ को अनुपातमा हकप्रद निस्काशन गर्ने र हकप्रद बंगलादेशी साझेदार आएईएफआईसी बैंकले १२.२९ मिलियन डलर अर्थात् १३१ करोडमा खरिद गर्ने तयारी थियो । यसरी साझेदार आएईएफआईसी बैंकले नेपालमा थप लगानी गर्ने योजना बनाएको थियो । 

तर बंगलादेश बैंकले आएईएफआईसी बैंकको यस प्रस्ताव अस्विकार गरेपछि हकप्रद सम्भावना घटेर गएको हो।  आएईएफआईसी बैंकमा बंगालदेश बैंकको ३२.७५ प्रतिशत शेयर छ । 

सन्न १९९४ मा स्थापना भएको नेपाल बंगलादेश बैंकमा त्यसबेला आएईएफआईसी बैंकको ५० प्रतिशत शेयर थियो । तर अहिले त्यो घटेर ४०.९१ प्रतिशतमा आइपुगेको छ । आएईएफआईसी बैंकले नेपाल बंगलादेश बैंकमा आफ्नो हिस्सा बढाउन पनि उक्त प्रस्ताव ल्याएको थियो। 

बंगलादेश बैंकले आफ्नो प्रस्ताव अस्विकार गरेपछि आएईएफआईसी बैंकले त्यहाको केन्द्रीय बैंकमा निवेदन दिएर बंगलादेश बैंकलाई आफ्नो निर्णय पुनविचार गर्न आग्रह गरेको छ  । केन्द्रीय बैंकले पनि बंगलादेश बैंक कै पक्षमा निर्णय गरे नेपाल बंगलादेश बैंकमा आएईएफआईसीको शेयर हिस्सा कम हुने छ । त्यसो भएमा आएईएफआईसीले नेपाल बंगलादेश बैंकमा नियुक्त गर्ने सक्ने बोर्ड सदस्यको संख्या कम हुनेछ । हाल आएईएफआईसीले ३ बोर्ड सदस्य नीयुक्त गरेको छ  । 

नेपाल बंगलादेश बैंकको साझेदार आइएफआईसीलाई  हकप्रद सेयर बापतको १ अर्ब २० करोड रुपैयाँ बराबरको पुंजी नेपाल पठाउन रोकिएसंगै हकप्रद बिक्रिमा अन्यौल छाएको हो।  

साझेदारबाट आउनु पर्ने पुंजी नआएपछि नेपालका लगानीकर्ता जितबहादुर श्रेष्ठ सहितका लगानीकर्ताले ८० प्रतिशत हकप्रद खरिद गर्ने सम्भावना न्युन  छ। जसकारण नेपाल बंगलादेश बैंकले ८० प्रतिशत हकप्रद बिक्रि गर्ने सम्भावना अत्यन्त्र न्यून बनेको छ।  

यद्दपी आइएफआईसीका सहायक प्रबन्ध निर्देशक शाह एमडी मोइनुद्दीनले बंगलादेश बैंक समक्ष हकप्रद बापतको उक्त पुंजी नेपाल पठाउन आग्रह गरेको जनाइएको छ। नेपाल बंगलादेश बैंकमा आइएफआईसीको सेयर स्वामित्व कम हुने कारण देखाउंदै उनले बंगलादेश बैंकसंग हकप्रद बापतको पुंजी पठाउन अनुमति दिन आग्रह गरेका हुन। 

नेपाल बंगलादेश बैंकमा आइएफआईसीको तर्फबाट तीनजना संचालक सदस्य रहेका छन्। यदि बंगलादेश बैंकले हकप्रद बापतको रकम पठाउने अनुमति नदिएको अवस्थामा नेपाल बंगलादेश बैंकमा आइएफआईसीको सेयर स्वामित्व तथा संचालक सदस्य संख्या घट्ने छ। 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved