कसले सुरु गर्यो १४ फेब्रुअरीमा भ्यालेन्टाइन डे मनाउने परम्परा ? यस्तो छ प्रणय दिवसको कथा 

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Feb 15, 2017 | 06:57:22 AM मा प्रकाशित

laxmi  sunrise bank

'भ्यालेन्टाइन्स डे' एउटा पुरानो परम्परा हो, जुन एउटा रोमन पर्वमा आधारित रहेर शुरु भएको मानिन्छ। रोमनहरु फेब्रुअरी महिनाको मध्यतिर लुपरकालिया भन्ने पर्व मनाउने गर्दथे, बसन्त ऋतुको आरम्भ भनेर।

यो दिवसको नाम एकजना प्रसिद्ध ईशाई सन्तको नाम राखिएको हो भनिन्छ तर ती सन्त को थिए भन्ने बारेमा पनि विभिन्न किवंदन्तीहरु छन्। सबैभन्दा चल्तीको कथा चाहिँ सन्त भ्यालेन्टाइन ईशाको तेस्रो शताब्दीताका रोमका एकजना पादरी थिए।

प्रतिबन्ध
सम्राट क्लोडिअस द्वितीयले त्यसबेला विवाहमाथि प्रतिबन्ध लगाएका थिए, किनभने विवाहित पुरुषहरु असल सैनिक हुन सक्दैनन् भन्ने उनको धारणा थियो।

भ्यालेन्टाइनलाई यो नियम ठीक लागेन र उनले नियम तोड्दै गोप्य रुपमा विवाहको आयोजना गरिदिन थाले।जब सम्राट क्लोडिअस यो कुरा थाहा पाए, भ्यालेन्टाइनलाई पक्राउ गरी जेलमा हालियो र उनलाई मृत्युदण्डको सजाय दिइयो।

जेलभित्र उनी जेलरको छोरीको प्रेममा परे। जब उनलाई १४ फेब्रअरीको दिन मृत्युदण्ड दिन लगिंदै थियो उनले आफ्नी प्रेमिकालाई एउटा प्रेमपत्र पठाएका थिए। उक्त पत्रको अन्त्यमा लेखिएको थियो "फ्रम योर भ्यालेन्टाइन" अर्थात "तिम्रो भ्यालेन्टाइनको तर्फबाट"। -बिबिसी 

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved