फागुन १४ मै निर्वाचन गर्ने शिर्ष ३ दल सहमत,  ताला फोडेरै भएपनी प्रक्रिया सुरु गर्ने

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Feb 16, 2017 | 01:26:09 AM मा प्रकाशित

laxmi  sunrise bank

फागुन १४ मै स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन गराउन प्रमुख तीन दलका शीर्ष नेता, त्रिभुवन विश्वविद्यालयका पदाधिकारी र विद्यार्थी प्रतिनिधि सहमत भएका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान भएको छलफलमा प्रधानमन्त्री पुष्पकमल दाहाल, नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली, त्रिभुवन विश्वविद्यालयका उपकुलपति डा तीर्थ खनियाँलगायत पदाधिकारी र तीन दल निकटका विद्यार्थी प्रतिनिधिको सहभागिता थियो ।

छलफलमा प्रधानमन्त्री दाहालले तोकिएको मितिमा स्ववियु निर्वाचन गराउन सरकारका तर्फबाट सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए । काँग्रेस सभापति शेरबहादुर देउवाले फागुन १४ मै स्ववियु निर्वाचन गर्न क्याम्पसमा तालाबन्दी गर्ने समूहलाई ताला खोल्न अनुरोध गरिने र नमाने ताला फोडेर पनि निर्वाचन प्रक्रिया सुरु गरिने बताए ।

एमाले अध्यक्ष ओलीले स्ववियु निर्वाचन सार्दा पार्टीले घोषणा गरेको मेची महाकाली अभियानलाई असर पुग्ने भएकाले फागुन १४ मै चुनाव गरिनुपर्नेमा जोड दिए  ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved