सातामा रू. १४.४९ अर्बको कारोबार,अब बजार कता जाला ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 10, 2024 | 05:56:22 PM मा प्रकाशित

laxmi  sunrise bank

यो साता शेयर बजार ओरालो लागेको छ।

यो साता शेयर बजारमा पाँच दिन कारोबार भएको छ । पाँच दिनमा बजार तीन दिन घटेको थियो भने दुई दिन बजार बढेको थियो ।अघिल्लो साता १ हजार ९९८.९६ को विन्दुमा बन्द भएको बजार यो साता भने १ हजार ९६६.२३ को विन्दुमा बन्द भएको छ। जसअनुसार यो साता बजार ३२.७३ अंकले घटेको छ । तर अघिल्लो साता ३३.३ अंकले बजारमा सुधार आएको थियो ।  

यो साता दोस्रो बजारमा १४.४९ अर्ब रुपैयाँको कारोबार भएको छ भने अघिल्लो साता भने बजार १४.५७ अर्ब रुपैयाँबराबरको कारोबार भएको थियो ।  यसरी हिसाव गर्दा यो साता दोस्रो बजारमा नेप्से सूचक र कारोबार दुबै घटेका छन् ।

यो साता लगानीकर्ताले ५१ अर्ब ९० लाख रुपैयाँ गुमाएका छन् । यो  साता कुल बजार पूँजीकरण ३१ खर्ब १७ अर्ब ७० करोड रुपैयाँ छ। अघिल्लो साता कुल बजार पूँजीकरण ३१ खर्ब ६९ अर्ब ६० करोड रुपैयाँ थियो।यस हिसाबले यो साता बजारमा गिरावट आउँदा बजार पूँजीकरण ५२ अर्बले घटेको छ । 

नेप्से उपसमूहमा रहेका १३ वटा समूहमध्ये दुई वटा उकालो लागेको छ भने बाँकी ११ वटा ओरालो लागेको छ। यो साता होटेल तथा पर्यटन समूह र लघुवित्त समूह उकालो लागेका छन् ।

यो साता बजार घटे पनि कतिपय कम्पनीबाट लगानीकर्ताले राम्रो मुनाफा पाएका छन्। जसमा लघुवित्त कम्पनी छन् । चालू आव २०८०/ ०८१ को तेस्रो त्रैमासिक प्रतिवेदनमा धेरैजसो लघुवित्त कम्पनीको वित्तीय विवरणमा सुधार आएको देखिएको छ ।

त्यसले गर्दा पनि लघुवित्त कम्पनीको सेयरमूल्य यो साता बढेको देखिन्छ ।सन्तोषजनक वित्तीय विवरण आएकै कारण यो साता लगानीकर्तालाई सर्वाधिक प्रतिफल दिनेमा पनि लघुवित्त कम्पनी नै  छन् । यो साताको हकमा शिर्षस्थानमा प्रतिफल दिनेमा आठ वटा त लघुवित्त कम्पनी छन्।

यो साता सर्वाधिक प्रतिफल दिनेमा समता घरेलु लघुवित्त वित्तीय संस्था छ। उक्त कम्पनीले  लगानीकर्तालाई एक सातामै १५,८२ प्रतिशत मुनाफा दिएको छ । 

त्यसैगरी, यो साता सर्वाधिक प्रतिफल दिने दोस्रोमा इन्फिनिटी लघुवित्त वित्तीय संस्था छ। उक्त कम्पनीले लगानीकर्तालाई १५.६० प्रतिशत मुनाफा दिएको छ  ।तेस्रोमा लक्ष्मी लघुवित्त वित्तीय संस्था छ। 

सर्वाधिक मूल्य घट्ने कम्पनीहरु :

यो साता सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । यो कम्पनीका लगानीकर्ताले २३.२७ प्रतिशत गुमाएका छन् भने पिपूल्स पावरका लगानीकर्ताहरुले १६.९१ प्रतिशत गुमाएका छन् ।

त्यस्तै फर्स्ट माइक्रो फाइनान्स लघुवित्त वित्तीय संस्थाका संस्थापक लगानीकर्ताहरुले १४ प्रतिशत, एचडीएलका लगानीकर्ताहरुले १०.६४ प्रतिशत गुमाएका छन् ।त्यस्तै सीईडीबी हाइड्रोपावरका लगानीकर्ताहरुले १०.१३ प्रतिशतले गुमाएका छन् ।  

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved