कांग्रेसको अवरोधपछि संसदको दोस्रो बैठक पनि स्थगित, अर्को बैठक नीति कार्यक्रमपछि मात्रै

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 10, 2024 | 06:05:04 PM मा प्रकाशित

laxmi sunrise bank

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको अवरोधको कारण आज बसेको प्रतिनिधिसभाको दोस्रो बैठक पनि कार्यसूचीमा प्रवेश नगरी स्थगित भएको छ । बैठक सुरु हुना स्थान कांग्रेस सांसदहरुले उठेर विरोध गर्दै रोष्ट्रम घेराउ गरेका थिए ।

 सभामुख देवराज घिमिरेले उपप्रधान तथा गृह मन्त्री रवि लामिछानेलाई बोल्न समय दिएपनि कांग्रेसको अवरोधको कारण उनी रोष्ट्रम मै जान पाएनन्। कांग्रेसले निरन्तर नाराबाजी जारी राखेपछि सभामुखले जेठ १ गते बेलुका ६ बजेसम्मको लागि बैठक स्थगित गरेका हुन् । जेठ १ गते नै सरकारले संसदमा नीति तथा कार्यक्रम पेश गर्ने तयारी गरेको छ । नीति तथा कार्यक्रम संसदको संयुक्त सदनमा पेश हुने छ । त्यसपछि प्रतिनिधिसभा बैठक बस्ने छ । अर्थात् अब नीति तथा कार्यक्रम पेश भएपछि मात्र प्रतिनिधिसभाको अर्को बैठक बस्ने छ ।

आजको पहिलो बैठक पनि कांग्रेसले अवरोध गरेको थियो । प्रतिनिधिसभाको आजको बैठक सुरु भए लगत्तै नेपाली कांग्रेस र लोकतान्त्रिक समाजवादी पार्टीका सांसद उठेर विरोध जनाएका थिए । त्यसपछि सभामुख देवराज घिमिरेले नेपाली कांग्रेसका महामन्त्री थापालाई भनाइ राख्न समय दिएका थिए। 

पहिलो बैठकमा नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले संसदीय छानबिन समिति नबनेसम्म संसदको काम कारबाही अगाडि नबढ्ने बताएका थिए।  थापाले संसदीय छानबिन समिति नबनेसम्म सदनको कुनैपनि कारबाही अगाडि बढाउने कुरामा कांग्रेसको साथ नहरने स्पष्ट पारे ।  “सहकारीको रकम हिनामिना प्रकरणमा संसदीय छानबिन समिति गठन नभएसम्म सदनका कुनै पनि काम कारबाहीमा कांग्रेसको साथ रहदैन । यसको जिम्मेवार कांग्रेस होइन, सत्तापक्ष हो”, उनले भने । संसद्भित्र प्रमुख प्रतिपक्षी दलले गम्भीरतापूर्वक विषय उठाइसकेपछि सुनुवाइ हुनुपर्ने उनको भनाइ थियो । 

सांसद थापाले भनाइ राखेपछि सभामुखले बैठक सञ्चालन गर्दै राष्ट्रपतिको कार्यालयबाट प्राप्त विभिन्न पत्र पढेर सुनाउने क्रममा नेपाली कांग्रेसका सांसदहरु ‘रोष्ट्रम’ घेराउ गर्न पुगेका थिए । त्यसपछि सभामुख घिमिरेले  १५ मिनेटका लागि बैठक स्थगन गरेको घोषणा गरेका थिए। दोस्रो बैठकमा पनि अवरोध भएपछि जेठ १ गतेसम्मको लागि बैठक स्थगित भएको हो  ।

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved