बैंक अफ काठमाण्डू लुम्बिनीको साधारणसभा मिति तय, नाम परिवर्तनको प्रस्ताव पनि लैजाने

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Feb 16, 2017 | 11:04:44 PM मा प्रकाशित

laxmi  sunrise bank

बैंक अफ काठमाडौँ लुम्बिनी लिमिटेडले बार्षिक साधारण सभा मिति तय गरेको छ । बैंकको बुधबार बसेको संचालक समिति बैठकले आफ्नो २२ औ साधारणसभा चैत्र ३ गते प्रज्ञाप्रतिष्ठान कमलादीमा गर्ने निर्णय गरेको हो ।

 साधारण सभाले बैंकको संचालक समितिले प्रास्ताव गरेको २३ प्रतिशत वोनस शेयर पारित गर्ने छ । बैंकले यस अघि नै गत आर्थिक वर्षको मुनाफाबाट लगानीकर्तालाई २३ प्रतिशत अर्थात् एक अर्व पाँच करोड २६ लाख रुपैयाँ वितरण गर्ने प्रस्ताव गरेको थियो ।  

त्यस्तै साधारण सभाले नयाँ सेयर फर्दर पब्लिक अफारिंङ एफपीओ प्रस्ताव पारित गर्ने छ।  हाल कायम संस्थापक र साधारण सेयरधनीको सेयर स्वामित्व अनुपात ५१:४९ बनाउन बैंकको कात्तिक १७ मा बसेको संचालक समितिको बैठकले ६२ लाख ८ हजार १ सय ३२ कित्ता नयाँ सेयर प्रिमियम मूल्यमा निष्काशन गर्ने निर्णय गरेको थियो । 

त्यस्तै साधारण सभामा बैंकको नाम हाल कायम रहेको 'बैंक अफ काठमाडौँ लुम्बिनी लिमिटेड'बाट पहिले कै नाम 'बैंक अफ काठमाडौँ' मा लैजाने प्रस्ताव पेश हुने छ ।   लुम्बिनी बैंक र बैंक अफ काठमाडौँ मर्ज भएपछि बैंकको नाम 'बैंक अफ काठमाडौँ लुम्बिनी लिमिटेड' राखिएको थियो । राष्ट्र बैंकले नाम परिवर्तन गर्न निर्देशन दिएपछि नाम परिवर्तनको एजेण्डा पनि साधारण सभामा प्रस्तुत हुने भएको हो ।

त्यस्तै साधारणसभाले संस्थापक र साधारण तर्फ कायम शेयरधनीबाट ४-४ संचालक समेत चयन गर्ने छ ।

साधारण सभा र बोनस प्रयोजनको लागि फागुन १५ देखि चैत्र ३ सम्म बुक क्लोज अर्थात् शेयरधनी दर्ता पुस्तिका बन्द रहने छ । फागुन १२ सम्म कायम शेयरधनिले मात्र साधारण सभामा सहभागिता जनाउन र प्रस्तिवित बोनस प्राप्त गर्न छन् । 

चालु आर्थिक बर्षको दोस्रो त्रैमासमा बैंकले ६० करोड १४ लाख खुद नाफा गरेको थियो । प्रस्तावित २३ प्रतिशत बोनस पछि बैंकको चुक्ता पुंजी ५ अर्ब ६२ करोड पुग्ने छ भने एफपिओ निष्काशनपछि चुक्तापुंजी  ६ अर्ब २४ करोड पुग्ने छ । बैंकले आर्थिक बर्ष ०७३/०७४ को अन्त्यसम्ममा चुक्ता पुंजी ८ अर्ब पुर्याउनु पर्ने छ ।  

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved