सिनर्जी पावरको आइपीओ बाँडफाँड समय परिवर्तन

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Feb 16, 2017 | 11:41:20 PM मा प्रकाशित

laxmi  sunrise bank

सिनर्जी हाइड्रोको आइपीओ बाँडफाँड आज हुदैछ । यस अघि आईपिओ बाँडफाँड बिहान १० बजे हुने भनिएको भएपनि समयमा केहि परिवर्तन गरिएको बिक्रि प्रबन्धक सानिमा क्यापिटलले जनाएको छ ।  क्यापिटलका अनुसार अब आइपीओ बाँडफाँड क्यापिटलको कार्यालय नक्साल नारायणचौरमा अपरान्ह ४ बजे मात्र हुने छ । 

सानिमा क्यापिटल लिमिटेडकी मर्चेन्ट बैंकिङ रश्मी रिजालले बिशेष कारणबश समय परिवर्तन गर्नु परेको जानकारी दिईन  । 

सिनर्जीले सर्वसाधारणकालागि निष्काशन गरेको साधारण सेयरमा   १ लाख २९ हजार आवेदकबाट  ६ अर्ब ८१ करोड रुपैयाँ बराबरको  आवेदन परेको थियो ।  कम्पनीले प्रति कित्ता १ सय रुपैयाँका दरले २१ करोड रुपैयाँ बराबरको २१ लाख कित्ता साधारण सेयर निष्काशन गरेको हो।

सर्वसाधारणका निष्काशन गरिएको २१ लाख कित्ता सेयर मध्य कर्मचारीका लागि ६३ हजार कित्ता, १० सामुहिक लगानी कोषका लागि १ लाख ५ हजार कित्ता छुट्याइएको छ।  

सामुहिक लागनी कोषहरुमा नबिल ब्यालेन्स फन्ड-१, एनएमबि सुलभ इन्भेष्टमेन्ट फण्ड-१, एनआइबिएल समृद्धि फण्ड-१, लक्ष्मी भ्यालु फन्ड-१, सिद्दार्थ इक्विटि ओरियन्टेड स्किम, सिद्दार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम-१, ग्लोबल आइएमई समृद्धि फन्ड-१, नबिल इक्विटी फन्ड, एनएमबि हाइब्रिड फन्ड एल-१, र एनआइबिएल प्रगति फन्ड रहेका छन।   हाइड्रोका कर्मचारी र सामुहिक लगानी कोषलाई छुट्याइएपछिको बाँकी १९ लाख ३२ हजार कित्ता सर्वसाधारणका लागि वितरण गरिने भएको छ।  

आइपीओ वितरणपछी कम्पनीको चुक्ता पुंजी ७० करोड रुपैयाँ पुग्ने छ।  कम्पनीको कुल ७० करोड चुक्ता पुंजी मध्य ४२ करोड रुपैयाँ संस्थापक सेयरधनीको र ७ करोड आयोजना प्रभावित दोलखा बासिको रहेको छ। यससंगै कम्पनीको सेयर संरचना संस्थापक तर्फ ६० प्रतिशत, आयोजना  प्रभावित तर्फ १० प्रतिशत र बाँकी ३० प्रतिशत सर्वसाधारणको हुने छ। 

कम्पनीले दोलखामा १० मेगावाट सिप्रिङ खोला हाइड्रोपावर प्रोजेक्ट निर्माण गरिरहेको छ।  कम्पनीले २०६९ माघ ३ देखि सिप्रिङ्ग खोलाबाट १० मेगावाट विद्युत् उत्पादन योजना शुरु गरेको हो। कम्पनीले २०६५ माघ २० मा नेपाल विद्युत् प्राधिकरणसंग विद्युत् खरीदविक्री सम्झौता गरिसेकको छ।   

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved