राजधानीबासिको रोजाईमा स्याङ्जाको अदुवा, ३ दिन मै ५ क्विन्टल बिक्रि

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Feb 20, 2017 | 09:35:10 PM मा प्रकाशित

laxmi  sunrise bank

स्याङ्जाको अदुवा प्रवर्दन हुँदै राजधानी काठमाडौं आइपुगेको छ। काठमाडौँको भृकुटीमण्डपमा फागुन ६ गतेदेखि ८ गतेसम्म आयोजना गरिएको बृहत् अन्तर्राष्ट्रिय कृषि मेलामा पहिलोपटक सहभागिता जनाउदै वालिङ अदुवा तथा कृषि उपज प्रसोधन उद्योग प्राइभेट लिमिटेडले स्याङ्जाको अदुवा राजधानीमा भित्र्याएको हो।

राजधानीमा आयोजना गरिएको अन्तर्राष्ट्रिय कृषि मेलामा पहिलोपटक सहभागिता जनाएको यस कम्पनीले मेला अवलोकन गर्न आउनेबाट अत्यन्त राम्रो प्रतिक्रिया पाएको प्रबन्धक कुशल पाण्डेले बताए। 'अवलोकनकर्ता मध्ये अधिकांशले राजधानीमा नै शाखा कार्यालय खोलेर स्याङ्जाको अदुवा बिक्रि वितरण गर्न सल्लाह दिएका छन' उनले उत्साहित हुँदै भने 'केहिले त राजधानीमा शाखा कार्यालय खोल्नका लागि सहकार्य गर्न तयार छौ' भन्ने संदेश दिएको पनि बताए।

प्रवर्द्धनको उदेश्यले राजधानीको मुटुमा आयोजना गरिएको यस मेलामा आफुहरुले ५ क्विन्टल अदुवा ल्याएको यस कम्पनीका व्यवस्थापक सागर बगालेले बताए। 'हामीले स्याम्पलको रुपमा यहाँ ल्याएको अदुवाको अचार, अदुवाको मिक्स अचार लगायतको उत्पादन राजधानीबासिले धेरै मन पराएका छन' उनले भने।

भवन निर्माण कार्य तथा मेसिन जडानको सम्पूर्ण कार्य यहि बर्षभित्र सम्पन्न हुने र कम्पनीले नयाँ बर्ष २०७४ को बैशाख देखि नै प्रशोधन सुरु गर्ने भएको छ। ५ महिना अघिसम्म अदुवाको मुख्य बजार भारत रहेकोमा अहिले भारत निकासी बन्द जस्तै भएको छ। अदुवा बिगतमा बुटवल भैरहवा हुँदै भारत निर्यात हुँदा एका तर्फ सस्तोमा बेच्नु पर्ने र कृषकले समेत सस्तो मूल्य पाउने गरेकाले अहिले आफुहरुले स्थानीयले उत्पादन गरेको अदुवा खरिद गरि रामबाच्छामा नै प्रसोधन सुरु गर्न लागेको उनीहरुको भनाई रहेको छ।

कम्पनीले करिब १ बर्षदेखि स्याङ्जाको वालिङ, राम्बाच्छा आसपासका क्षेत्रहरुमा उत्पादन भएका अदुवा संकलन गर्दै आएको छ। त्यस स्थानमा उत्पादन भएका अदुवा संकलन, उत्पादन तथा प्रसोधनका लागि यस कम्पनीले बिगत १ बर्षदेखि भवन निर्माण तथा मेसिन जडान कार्य गर्दै आएको छ।

आफ्नो पहिलो प्राथमिकतामा स्याङ्जाको वालिङ, रामबाच्छा आसपासका क्षेत्रमा उत्पादन भएका अदुवा खरिद गर्ने र यस कार्यलाई बिस्तार गर्दै स्याङ्जा तथा यस आसपासको उत्पादनलाई समेट्ने कम्पनीको लक्ष्य रहेको छ। अहिले उक्त स्थानमा ४ हेक्टर भन्दा बढी क्षेत्रमा अदुवाको खेति भैरहेको छ।

कुल लागतको ५० प्रतिशत भन्दा कम लागत कृषि उद्यम तथा कृषि मन्त्रालयबाट र अरु खर्च कम्पनीले सेयर स्वामित्व लिई स्थानीय कृषकले अदुवा खेतिका गर्दै आएका छन। यस कम्पनीले पछिल्लो ५ महिना देखि स्थानीय तहमा उत्पादन भएका अदुवा खरिद गर्दै आएको छ। त्यस्तै पछिल्लो ३ महिनादेखि यस कम्पनीले अदुवाको अचार, अदुवाको मिक्स अचार, लप्सी अचार, अदुवा क्यान्डी तथा अदुवा स्क्वायस उत्पादन समेत गर्दै आएको छ।

रोजगारी

कम्पनी अहिले भवन निर्माण तथा मेसिन जडान कार्यमा रहेकाले कम्पनीमा करिब २० जनाले रोजगारी पाएका छन। नयाँ बर्षको सुरुवातसंगै कम्पनीले उत्पादन तथा प्रसोधन सुरु गर्ने भएकाले करिब ४ सय बढीले प्रत्यक्ष रोजगारी पाउने भएका छन।

चुनौती

उत्पादन भएका अदुवा सुरक्षित संकलनका लागि स्टोरको आवश्यकता पर्दछ। स्टोरको अभाबमा उत्पादन भएका अदुवाको उचित सदुपयोग हुन नसकेको पाण्डेले बताए। 'हामीलाई आवश्यक स्टोर निर्माणका लागि ६० लाख जति खर्च हुने अनुमान गरेका छौं' यसका लागि लगानी जुटाउने कार्य भैरहेको र भविष्यमा यसको निर्माण हुने उनले अपेक्षा गरेका छन।

चाहना

यस कम्पनीले संकलन गरेको अदुवा र यस कम्पनीको उत्पादनलाई स्याङ्जा लगायतका अन्य जिल्ला तथा राष्ट्र बाहिर समेत बिक्रि वितरण गर्नका लागि राज्यले आवश्यक सहयोग गरिदिए ब्यापार बिस्तार र रोजगारी बढाउन सकिने पाण्डेले बताएका छन। 'हाम्रो उत्पादनको व्यवस्थापन र नेपाल भित्र नै खपत हुने वातावरण राज्यले बनाइदिने हो भने ठुलो संख्यामा कृषकहरु लाभान्वित हुने छन्' उनले बताए।

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved