किन रातो भएर बन्द भयो १२ मिनेट मै २० अंकले बढेको बजार ?

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Feb 22, 2017 | 02:15:12 AM मा प्रकाशित

laxmi  sunrise bank

साताको तेस्रो दिन मंगलबार  बजार परिसूचक नेप्से र कारोबार रकम दुवै घटेको छ। मंगलबार नेप्से ७.५४ अंकले घटेर १३५७.५७ को बिन्दुमा रोकिएको  छ । आज कारोबारमा  आएका  १३७   कम्पनीका १० लाख  ९३ हजार कित्ता सेयर खरिद बिक्रिबाट ६० करोड ४३   लाख २३  हजार रुपैयाँ बराबरको कारोबार भएको छ। 

आजको कारोबारमा आएका सूचक मध्ये उत्पादन, होटेल्स, र विकास बैंक समुह बाहेकका सूचक घटेका छन्  ।

आज कारोबारमा आएका कम्पनीहरु मध्ये बैंक अफ काठमाडौँ लुम्बिनीको सबै भन्दा धेरै २ करोड ३७ लाख बराबरको कारोबार भएको छ । अन्य बढी कारोबार हुनेमा नबिल बैंक संस्थापक शेयर, प्रभु बैंक, नेपाल लाइफ इन्स्योरेन्स, नेपाल बंगलादेश बैंक रहेका छन्  ।  

आजको कारोबारमा धेरै कमाउनेमा आईएलएफसीओ माइक्रोफाइनान्स , एक्सेल डेभलपमेन्ट बैंक, महिला सहयात्रा माइक्रोफाइनान्स, शृजना फाइनान्स, नेपाल एसबिआइ बैंकका लगानीकर्ता रहेका छन्  ।   

 त्यस्तै बढी गुमाउनेमा सेती फाइनान्स, प्राइम लाइफ इन्स्योरेन्स , राष्ट्रिय बिमा कम्पनी, वेस्टर्न डेभलपमेन्ट बैंक, मिसन डेभलपमेन्ट बैंकका लगानीकर्ता रहेका छन्  ।   

 सोमबार स्थानीय चुनावको मिति घोषणा भएको र त्यसले लगानीकर्ता हौसिंदा नेप्से बढ्ने अनुमान गरिएपनि त्यस बिपरित तिब्र उतार चढाव देखियेको नेप्से रातो भएर बन्द भएको  हो । पहिलो १२ मिनेटमै बजार २० अंकले बढेको भएपनी त्यसपछि बजार ओरालो लागेको थियो ।  बजार घटेको बेला सस्तोमा खरिद गरिएको सेयर बिक्री गर्ने लगानीकर्ताको चाप थाम्न नसक्दा सूचक घटेको विश्लेषण गरिएको छ   । 

त्यस्तै चुनाव घोषणा भएपनी सबैदलले समर्थन नगरेका कारण राजनीतिक अस्थिरता जारि रहने आशंकाले लगानीकर्ताको मनोबल उच्च हुन् नसकको अनुमान गर्न सकिन्छ । 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved