आठ दिन पर धकेलियो संसद बैठक, सचिवालय भन्छ 'बिजनेश नै छैन'

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Mar 01, 2017 | 10:55:14 PM मा प्रकाशित

laxmi  sunrise bank

व्यवस्थापिका-संसद्को भोलि बिहीबारका लागि निर्धारण गरिएको बैठक सूचना टाँसेर स्थगन गरिएको छ । संसद् सचिवालयले विशेष कारणले भोलिको बैठक स्थगित गर्नु परेको जनाउँदै अर्को बैठक यही फागुन २७ शुक्रबार दिउँसो १ बजेका लागि निर्धारण गरिएको सूचनामा उल्लेख गरेको छ ।

संसद्मा छलफलका लागि बिजनेस नभएका कारण बैठक आठ दिनका लागि पर धकेलिएको हो । संविधान संशोधनको प्रस्तावका बारेमा प्रमुख दल र मधेसी मोर्चाबीच ठोस सहमति हुन नसकेका कारण संसद्का पछिल्ला अधिकांश बैठक सूचना टाँस गरेर स्थगित हुँदै आएका छन् । यद्यपि संविधान संशोधन प्रस्तावमाथि संशोधनका लागि दिएको समयसीमाभित्र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चालगायतले १५ वटा संशोधन दर्ता गराएका छन् ।

सभामुख ओनसरी घर्ती उनका पति पूर्वअर्थमन्त्री वर्षमान पुनको स्वास्थ्य उपचारका क्रममा थाइल्यान्डमा छिन् । दलहरुबीच संविधान सशोधनको विषयमा सहमति भई संसद्लाई बिजनेस प्राप्त भएको खण्डमा उनी तुरुन्त स्वदेश फर्कन सक्ने उनका प्रेस सल्लाहकार बबिन शर्माले जानकारी दिए ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved