सरकारलाई अर्को झड्का, स्थानीय तहको संख्या बढाउने निर्णय बिरुद्द सर्बोच्चमा रिट दायर

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Mar 07, 2017 | 01:23:47 AM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले गरेको स्थानीय तहको संख्या बढाउने निर्णय बिरुद्द सर्बोच्च अदालतमा रिट दायर भएको छ । अधिवक्ता चिरञ्जीवी रिजालले स्थानीय तहको संख्या बढाउने सरकारको निर्णय कार्यान्वयन नगर्न माग गर्दै सोमबार रिट दायर गरेका हुन्।
 
रिटमा स्थानीय तह पुनर्संरचना आयोगले निर्धारण गरेको ७ सय १९ संख्या नै कायम गर्न माग गरिएको छ । सरकारले संवैधानिक आयोगलाई दिइएको क्षेत्राधिकार मिचेर यो कदम चालेको रिजालको दाबी छ।

आइतबार बसेको मन्त्रिपरिषद् बैठकले स्थानीय तहको संख्या ७ सय ४४ निर्धारण गर्ने र राजनीतिक सहमतिको आधारमा थप घत गर्न सक्ने निर्णय गरेको थियो। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved