झुक्किएर पनि फेसबुकमा नहाल्नुस बोर्डिंङ पासको फोटो, फ्याँक्ने गर्नु भएको छ भनेपनि सावधान

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Mar 07, 2017 | 04:22:01 AM मा प्रकाशित

laxmi  sunrise bank

के तपाई हवाई यात्रापछि वा यात्राको समय आफ्नो बोर्डिंग पास फ्याल्ने गर्नु भएको छ ? वा बोर्डिंग पासको फोटो सामाजिक संजालमा शेयर गर्ने बानि छ ? यदि छ भने सावधान !

बोर्डिंग पास हवाई यात्रा अवधि भर सुरक्षित राख्नु त पर्छ नै तर त्यसपछि झन् सुरक्षित राख्नु पर्ने हुन्छ । बोर्डिंग पासमा तपाइको नाम, राष्ट्रियता, जहाजको नाम, जहाज नम्बर, सिट नम्बर लगायतका जानकारी हुन्छ । तपाईलाई लाग्न सक्छ यात्रा सकिएपछि त्यसको के नै काम हुन्छ र ? त्यहि कारण तपाईले त्यसलाई फ्याक्ने निर्णय गर्नु सक्नु हुन्छ ।

तर त्यसरी आफ्नो बोर्डिंग पास जहाँ पायो त्यहि फ्याकीदिँदा समस्या पर्न सक्छ । अनुसन्धानकर्ता विन्स्टन क्रोनले यस बिषयमा विस्तृत रुपले लेख्दै के समस्या पर्न सक्छ भन्ने बताएका छन्। धेरैले बोर्डिंग पासमा रहेको बार कोडलाई याद गरेका हुदैनन् । त्यहि बार कोडमा तपाईको गोप्य जानकारी राखिएको हुन्छ । टिकट बुक गर्दाको समयमा तपाइको फोन नम्बर, इमेल आईडी, ठेगाना लगायतका जानकारी हुन्छ । यदि तपाईले त्यसलाई सार्बजनिक रुपमा सामाजिक संजालमा राख्नु भयो भने वा कतै फ्याक्नु भयो भने ह्याकरले त्यस बार कोडलाई स्क्यान गरी दुरुपयोग गर्न सक्छन । त्यहाँ रहेको इमेल ठेगानाबाट ह्याकरलाई तपाईबारे थप जानकारी प्राप्त गर्न सजिलो हुन् सक्छ । र तपाई ह्याकरको शिकार बन्न सक्नु हुन्छ ।

 

यहि कारण हरेक यात्रुले हवाई यात्रा अवधि भर बोर्डिंग पास सुरक्षित राख्नु पर्छ र त्यसपछि पनि जहाँ पायो त्यहि फाल्नु हुदैन । यात्रापछि त्यसलाई च्यातेर फाल्नु उपयुक्त हुन्छ । साथै फोटो लिएर सामाजिक संजालमा नराख्नु नै बेश हुन्छ ।   

तलको २ भिडियोमा हेर्नुस कसरी ह्याकरले तपाइको जानकारी चोर्न सक्छन ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved