ओलीको सम्बोधन लगतै राजबिराज तनावग्रस्त, प्रहरीको गोली लागी एकको मृत्यु

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Mar 07, 2017 | 04:46:53 AM मा प्रकाशित

laxmi  sunrise bank

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको मेची महाकाली अभियान हिंसात्मक बनेको छ । अभियान अन्तर्गत आज सप्तरीको राजविराज पुगेको एमालेको आमसभा मधेशी मोर्चाले बिथोल्न खोज्दा झडप समेत भएको छ । 

स्थिति नियन्त्रणमा लिन प्रहरीले गोली चलाउँदा  प्रहरीको गोली लागेर एक प्रदर्शनकारीको मृत्यु भएको छ ।  प्रहरीको गोली लागेर संजन मेहताको मृत्यु भएको हो । प्रहरीले अश्रु ग्याँस प्रहार  गर्नुका साथ साथै गोली चलाएको हो।

मोर्चा र प्रहरीबीचको झडपमा दुई प्रहरी घाइते भएका छन् भने प्रहरीले ३० भन्दा बढी मोर्चाका नेता तथा कार्यकर्तालाई पक्राउ गरेको छ। अहिले त्यहाको अवस्था तनावग्रस्त छ भने ठुलो संख्यामा सुरक्षाकर्मी खटाइएको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved