३ दिनका लागि एमालेको अभियान स्थगित, राजधानीबाट मोर्चाले लियो कठोर निर्णय

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Mar 07, 2017 | 07:54:46 AM मा प्रकाशित

laxmi  sunrise bank

संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ। संघीय समाजवादी फोरम नेपालको केन्द्रीय पार्टी कार्यालय तीनकुनेमा बसेको मोर्चाको आकस्मिक बैठकले सरकारलाइ दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो।  

राजविराज, सप्तरीमा भएको घटना पछि कस्तो रणनीति अख्तियार लिने भन्ने बारे निर्णय गर्न भोलि अर्थात मंगलबार मोर्चाको बैठक पुन बस्ने भएको छ। सरकारबाट फिर्ता हुने बारे मोर्चाले भोलि संसद सचिवालयमा लिखित रुपमा नै जानकारी गराउने उसको निर्णय गरेको छ ।मधेसी मोर्चाले सप्तरी घटनाको विरोधमा भोलि र पर्सि मधेसमा बन्द अर्ने निर्णय समेत गरेको छ ।

त्यस्तै आज राजविराजमा भएको झडपमा घाइते भएकालाई उपचार खर्च उपलब्ध गराउन मोर्चाले सरकार समक्ष आग्रह गरेको छ। प्रहरीको गोलीले गम्भीर घाइते भएका मोर्चा कार्यकर्ताहरुलाई थप उपचारका लागि तत्काल नाइटभिजन हेलिकप्टरबाट काठमाडौं ल्याईने भएको छ। 

उता सप्तरीमा बसेको एमालेको उच्चस्तरीय बैठकले स्थतिको संवेदनशीलता र सरकारलगायत विभिन्न पक्षको आग्रहलाई ध्यानमा राख्दै फागुन २४, २५ र २६ गते तीन दिनका लागि अभियानका कार्यक्रम स्थगित गरेको छ । फागुन २७  गतेदेखि मेची–महाकाली राष्ट्रिय अभियान पूर्ववत् सञ्चालन हुने एमालेका प्रचार बिभाग प्रमुख योगेश भट्टराईले बताएका छन।   
 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved