प्रभु इन्स्योरेन्सको ५० प्रतिशत हकप्रद बिक्रि चैत्र ३० बाट, कहाँबाट दिने आवेदन

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Mar 21, 2017 | 09:17:39 PM मा प्रकाशित

laxmi  sunrise bank

प्रभु इन्स्योरेन्स लिमिटेडले चैत्र ३० गते देखि हकप्रद निष्काशन गर्ने भएको छ। कम्पनीले २:१ को अनुपात अर्थात् ५० प्रतिशत हकप्रद निष्काशन गर्न लागेको हो । लगानीकर्ताले जेष्ठ २ गतेसम्म हकप्रदको लागि आवेदन दिन सक्ने छन् ।

कम्पनीले १९ लाख २५ हजार ७८ दशमलब ८१ कित्ता हकप्रद निष्काशन गर्न लागेको हो। हकप्रदको चैत्र ६ बुक क्लोज मिति कायम गरिएको छ  । अर्थात् अर्थात् चैत्र ३ सम्म कायम शेयरधनिले मात्र हकप्रद्को लागि आवेदन दिन सक्ने छन्  । 

प्रभु क्यापिटल हकप्रद्को बिक्रि प्रबन्धक रहेको छ  ।  इच्छुक लगानीकर्ताले प्रभु क्यापिटलको कार्यालय दरबारमार्ग र प्रभु बैंकका सबै शाखाबाट आवेदन दिन सक्ने छन्  । आवेदन प्रभु क्यापिटल र प्रभु बैंकको वेबसाइटबाट पनि डाउनलोड गर्न सकिन्छ  ।  

हाल कम्पनीको चुक्ता पुंजी ३८ करोड ५० रहेकोमा हकप्रद निष्काशनपछि कम्पनीको चुक्ता पुंजी ५७ करोड ७५ लाख पुग्ने छ  । कम्पनीको अधिकृत पुंजी १ अर्ब रहेको छ   ।

इक्रा नेपालले कम्पनीको हकप्रदलाई ४+ को रेटींग प्रदान गरेको छ । इन्स्योरेन्सले चालु आर्थिक बर्षको दोस्रो त्रैमाससम्ममा  २ करोड ९७ लाख खुद नाफा कमाएको छ । यो अवधिमा प्रतिसेयर नेटवर्थ १ सय ९२ रुपैयाँ, प्रतिसेयर आम्दानी १५ रुपैयाँ रहेको छ ।

कम्पनीले आर्थिक बर्ष ०७२/७३ मा १७ प्रतिशत बोनस वितरण गरेको थियो ।  

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved