मिस नेपाल बन्ने हो ? आवेदन खुल्यो, यस्ता छन् ७ मापदण्ड र प्रक्रिया

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Mar 21, 2017 | 10:31:14 PM मा प्रकाशित

laxmi  sunrise bank

द हिडेन ट्रिजरले मिस नेपाल–२०१७ औँ संस्करणको घोषणा गरेको छ । मिस नेपालको विजेताले सन् २०१७ सम्पन्न हुने मिस वल्र्डमा सहभागिता जनाउन पाउने छ ।  त्यसैगरी प्रथम उपविजेता र द्वितीय उपविजेताले मिस अर्थ र मिस इन्टरनेसनल र यसै वर्ष आयोजना हुने मिस एसिया प्यासिफिक इन्टरनेसनलमा प्रतिनिधित्वको अवसर प्राप्त गर्नेछन् । 

प्रतियोगिता जेठमा आयोजना गरिने छ भने चैत अन्तिमबाट नेपालका प्रमुख सहरहरूबाट प्रतियोगीहरूको छनोट गरिने छ ।  छलफल तथा अन्तर्वार्ताको माध्यमबाट प्रतियोगीहरूको छनोट गरिने आयोजक ट्रेजरले जनाएको छ । 

काठमाडौं, धरान, बिराटनगर, चितवन, पोखरा, बुटवल, नेपालगन्ज र धनगढीमा हुने अडिसनबाट छानिएका २० देखि २५ जना युवती अन्तिम प्रतिस्पर्धाका लागि छनोट हुनेछन्। छनौट भएका अन्तिम प्रतियोगीहरूलाई व्यक्तित्व विकाससम्बन्धी छ हप्ताको प्रशिक्षण प्रदान गरिने जनाइएको छ । 

के के छन् सहभागिताको लागि मापदण्ड ?

आयोजकले प्रतियोगितामा सहभागिता जनाउन निम्न ७ मापदण्ड तोकेको छ  । 

१. आवेदक अविवाहित युवती हुनु पर्ने छ  । 

२. कहिल्यै बच्चा नजन्माएको हुनु पर्ने  ।

३. उमेर १९ देखि २४ बर्ष भित्र रहेको हुनु पर्ने  ।

४. न्युनतम प्लस टु पास गरेको हुनु पर्ने  ।

५. न्यूनटम उचाई ५ फित ४ इन्च हुनु पर्ने  ।

६. शरीरमा कुनै पनि ट्याटु नभएको हुनु पर्ने  ।

७. आकर्षक, स्वस्थ्य र राम्रो नैतिक चरित्र भएको हुनुपर्ने  ।

मिस नेपाल २०१७ मा सहभागी हुन इच्छुकले मिस नेपालको आधिकारिक वेवसाइट http://www.missnepal.com.np   गएर फर्म भर्न सक्छन्। आवेदन दिने अन्तिम मिति चैत्र ३० गते रहेको छ । 

 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved