तिब्र उतारचढाव देखिएको बजारमा कसरि सम्भव भयो झण्डै डेढ अर्बको कारोबार

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Mar 22, 2017 | 01:08:45 AM मा प्रकाशित

laxmi  sunrise bank

पहिलो डेढ घण्टामा तिब्र उतार चढाव देखिएको मंगलबारको बजारमा अन्त्य समयमा भने उछाल आएको छ । तिब्र उतार चढाव देखिएको बजार १२:३० बजेपछि उकालो लाग्दै ३७.८५ अंकले बढेर १४६२.२३ को बिन्दुमा पुग्दा १ अर्ब ४२ करोडको कारोबार भएको छ।

मंगलबार कारोबारमा आएका १४७ कम्पनीका २२ लाख ३४ हजार सेयर खरिद बिक्रिबाट १ अर्ब ४२ करोड ४९  लाख रुपैयाँको कारोबार भएको छ। आजको कारोबारमा नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको मात्रै ११ करोड ८३ लाख रुपैयाँको कारोबार भएको छ। आज अन्य बढी कारोबार हुनेमा नेपाल क्रेडिट एण्ड कमर्स बैंक, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी, लाइफ इन्सुरेन्स कम्पनी लगायतका छन।

 मंगलबार सेयर बजारमा देखिएको माहोलले लगानीकर्तामा हौसला जगाएको छ। यद्दपी बजारमा 'ठुला प्लेयर' हरुको प्रवेशसंगै देखिएको रौनकता कति टिक्छ भन्ने यकिन नभएको एक लगानीकर्ता बताउछन।  ठुला खेलाडीले बजारमा प्रवेश गर्दै  नाफा कमाएर महँगोमा शेयर बेच्दा बजार र कारोबार रकम दुवै बढेको आंकलन गरिएको छ । ठुला साथ साथै संस्थागत लगानीकर्ता पनि बजारमा प्रवेश गरेको बिश्वाश गरिएको छ ।

अन्य समूहका कम्पनीका तुलनामा बिमा र लघुबित्त कम्पनीहरुको सेयर संख्या थोरै र मूल्य पनि सस्तो भएकाले यी संस्थाहरुमा लगानीकर्ताको आकर्षण बढ्दा खरिद चाप उच्च देखिएको छ। यस अघि सोमबारको बजारमा बिमा कम्पनीको चुक्ता पुंजी बढ्ने चर्चा चलाइएसंगै ठुलासंगसंगै साना र सर्वसाधारणले पनि सेयर उठाउँदा कारोबार रकम अर्ब नाघेको थियो  । हिजो बिमामा झुम्मिएकाहरु आज बिमा, लघुवित्त लगायत अन्यमा पनि झुम्मिदा बजार बढेको एक शेयर बिश्लेशकले बताए । साथै स्थानीय चुनाव हुने खबरले पनि लगानीकर्ता उत्साहित छन्  । 

 आज कारोबारमा आएका सबै सूचक हरिया भएका छन् भएका ।   

 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved