स्थानीय निर्वाचनमा रबिन्द्र मिश्रको पार्टीले स्वतन्त्र उम्मेदवार उठाउने

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Mar 22, 2017 | 02:11:30 AM मा प्रकाशित

laxmi  sunrise bank

स्थानीय निर्वाचनमा रबिन्द्र मिश्रको पार्टीले स्वतन्त्र मेदवार उठाउने भएको छ । पार्टीले आज एक बिज्ञप्ति जारि गर्दै स्थानीय तहको विभिन्न स्तरमा नेतृत्व सम्हाल्ने सम्भावनाका बारेमा सोच बनाएका साथीहरूलाई ‘स्वतन्त्र’ उमेदवारी दिन हामी प्रोत्साहित गरेको हो ।

पार्टीले ‘स्वतन्त्र’ उमेदवारी दिँदा पदीय जिम्मेवारीका लागि आवश्यक क्षमतामा सम्झौता नगरिकन समावेशितालाई प्राथमिकता दिन समर्थक र शुभेच्छुकहरूसँग आग्रह गरेको छ। 

 पार्टी दर्ता भई नसकेकाले साझा पार्टी समर्थित उमेदवार भए पनि उनीहरूले साझा पार्टीको चुनाव चिह्न प्रयोग गर्न या साझा पार्टीको नाममा चन्दा उठाउन भने पाउने छैनन्। दर्ता नभएका कारण साझा पार्टीले पार्टीको नाममा चन्दा सङ्कलन गर्न नमिल्ने भएका कारण कुनै पनि उमेदवारलाई आर्थिक रूपमा सघाउन सक्ने स्थिति पनि नरहेको प्रष्ट पारेको छ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved