सानिमाको ३० प्रतिशत हकप्रद्को लागि बुक क्लोज मिति तय

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Mar 22, 2017 | 09:36:58 PM मा प्रकाशित

laxmi  sunrise bank

सानिमा [Sanima Bank Limited]ले निष्काशन गर्न लागेको ३० प्रतिशत हकप्रदको लागि बुक क्लोज मिति तय भएको छ। हकप्रद निष्काशन प्रयोजनको लागि बैंकको शेयरधनी दर्ता पुस्तिका चैत्र १८ गते बन्द हुने बैंकले जनाएको हो  । अर्थात् चैत्र १७ सम्म कायम शेयरधनीले मात्र हक्प्रद्को लागि आवेदन दिन सक्नेछन्  ।

नेपाल धितोपत्र बोर्डले सानिमालाई १०:३ को अनुपातमा अर्थात्  हाल कायम चुक्ता पूँजीको ३० प्रतिशत हकप्रद निष्काशनको स्वीकृति दिएको हो ।बैंकले प्रति कित्ता १०० रुपियाँ पर्ने गरी १  करोड ५९ लाख १७ हजार छ सय १७ कित्ता सेयर निष्काशन गर्न लागेको हो । हकप्रद निष्काशनका लागि सिबिआईएल क्यापिटल लिमिटेड बिक्री प्रबन्धक नियुक्त भई सकेको छ । 

सानिमाले चालु आर्थिक बर्षको दोस्रो त्रैमाससम्ममा ६२ करोड २५ लाख खुद नाफा कमाएको थियो । बैंकको चुक्ता पुंजी ५ अर्ब ३० करोड रहेकोमा ३० प्रतिशत हकप्रद बिक्रिपछि चुक्तापुंजी ६ अर्ब ९० करोड पुग्ने छ ।  

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved