सिटिजन्स बैंकको हकप्रद चैत्र २४ बाट, कहाँ दिने आवेदन ?

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Mar 22, 2017 | 10:27:29 PM मा प्रकाशित

laxmi  sunrise bank

सिटिजन्स बैंकले चैत्र २४ देखि हकप्रद निष्काशन गर्ने भएको छ ।  बैंकले १०:२.५ को अनुपात अर्थात् २५ प्रतिशत हकप्रद बिक्रि गर्न लागेको हो । 

हकप्रद प्रयोजनको लागि फागुन २६ गते शेयर धनि दर्ता पुस्तिका बन्द भएको थियो । फागुन २५ गतेसम्म कायम शेयर धनीले मात्र हकप्रदको लागि आवेदन दिन सक्ने छन् । आवेदन बैशाख २७ गते बन्द हुने बैंकले जनाएको छ  । 

बैंकले १ करोड ३८ लाख ४३ हजार ३ सय ७९ कित्ता हकप्रद शेयर निष्काशन गर्न लागेको हो । हकप्रद निष्काशनको लागि सानिमा क्यापिटल बिक्रि प्रबन्धक नियुक्त बह्येको छ ।  लगानीकर्ताले सानिमा क्यापिटलको कार्यालय नक्साल तथा सिटिजन्स बैंकको सम्पूर्ण कार्यालयबाट आवेदन दिन सक्ने छन्  ।  

बैंकले गत बर्षको मुनाफाबाट ७५ करोड रुपैयाँ बराबरको बोनश र  कर प्रयोजनका लागि ३ करोड ७५ लाख रुपैयाँ बराबरको नगद लाभांश वितरण गरेको थियो । हाल बैंकको चुक्ता पुंजी ५ अर्ब ५३ करोड रहेकोमा हकप्रद निष्काशनपछि चुक्ता पुंजी ६ अर्ब ९२ करोड पुग्ने छ  । 

चालु आर्थिक बर्षको दोस्रो त्रैमासमा बैंकले ६० करोड ७६ लाख खुद नाफा कमाएको थियो   । 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved