के तपाईसंग नवीनतम 'बिजनेश आईडिया' छ? सीड क्याम्पले तपाईलाई लगानी जुटाईदिन सक्छ

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Mar 23, 2017 | 12:48:56 AM मा प्रकाशित

laxmi  sunrise bank

के तपाईसंग फरक सोच तथा कुनै नयाँ तर पृथक  'बिजनेश आईडिया' छ ? के तपाई स्रोतको अभावमा त्यस आईडियालाई सफल पार्न सकिरहनु भएको छैन ? 

यदि त्यसो हो भने तपाईको सोचलाई ब्यबसायिक संजाल दिने माध्यम आएको छ । हो यस्तै भिन्न तथा नवीनतम ब्यबसायिक विचारलाई सहयोग गर्न, ब्यबसायिक संजाल अभिवृद्धि गर्न, र तपाईको सोचलाई कार्यमा बदलेर सफलता प्रदान गर्ने उदेश्यले 'उद्यमी सिड क्याम्प' को आयोजना हुन् लागेको छ ।

स्टार्टस अप नेपालले आयोजन गरेको यस 'उद्यमी सिड क्याम्प'मा भविष्यमा सफल उद्यमी बन्ने सपना देखेका र त्यहाँसम्म पुग्नको लागि स्पष्ट योजना भएकाहरुलाई दक्ष प्रशिक्षकद्वारा प्रशिक्षण दिई योजनालाई उद्यममा रुपान्तरण गर्न सिकाईन्छ।

यस कार्यक्रमले नेपालमा रहेका ब्यबसायिक विचार बुनेका समुहहरुको खोजि गरी उनीहरुलाई आवश्यक उर्जा, आर्थिक सहयोगका साथै बजार बिस्तारको अवसर दिई सोचमा निखार ल्याउन, आत्माविश्वास बढाउन र ब्यबसाय सुरुवात गर्न मद्दत गर्ने स्टार्टअपले जनाएको छ ।

यस क्याम्पले उद्यमी बन्न चाहनेहरुको ब्यबसायिक सोचलाई जीवन्तता दिन मद्दत गर्छ। यस कार्यक्रम मार्फत सहभागीहरुले लगानीकर्ता , उद्यमी, बजार तथा मिडियासंग ब्यबसायिक सम्बन्ध सुधार गर्ने मौका पाउने साथै उद्यमी बन्ने सपना पुरा गर्ने स्टार्टअप नेपालले दाबी गरेको छ । यति मात्र यसले ब्यबसाय विस्तारका लागि बजार अध्यन, योजना निर्माण, लगानी प्राप्तिका लागि सम्भावित लगानीकर्तासंग सम्बन्ध स्थापना गर्ने अवसर समेत प्रदान गर्ने छ  ।

कसरि कार्यक्रममा सहभागी बन्ने त?

यदि तपाईसंग नवीनतम ब्यबसायिक योजना छ भने तपाईले कम्तिमा २ देखि ४ जना सम्मको समुह बनाई आफ्नो योजना सहभागिताको लागि १५ अप्रिल भित्र फारम भर्नु पर्ने हुन्छ  । यसरी समुह बनाउँदा एक जना महिला अनिवार्य हुनु पर्ने ब्यबस्था क्याम्पले गरेको छ । त्यसपछि तपाईले अनलाइन मार्फत समुहका सबै सदस्यको जानकारी सहित आफ्नो आइडिया फारममा उल्लेख गरि पठाउने पर्ने हुन्छ ।

यसरी फारम भेरेका मध्येबाट स्टार्टअप नेपालले उत्कृष्ट २० समुहको छनौट गर्ने बताएको छ । छनौट पश्चात क्याम्पले तपाईलाई आवश्यक प्रशिक्षण दिने छ । छनौट भए पश्चात तपैले प्रति समुह २५ सय शुल्क तिर्नु पर्ने स्टार्टअपनेपालले बताएको छ । 

छनौट भएकाहरुको लागि बैशाख ८ देखि ५ दिनसम्म प्रशिक्षण दीईने छ भने अन्तिम दिनमा तपाईले सम्भावित लगानीकर्ता समक्ष आफ्नो ब्यबस्यिक योजनाबारे प्रस्तुतु दिनु पर्ने हुन्छ । लगानीकर्ताको समुह मध्ये कसैलाई पनि तपाइको योजना मन परेमा तपाईले लगानी प्राप्त गर्न सक्नु हुनेछ । 

कसरि आवेदन हेर्नुस भिडियो । साथै यहाँ क्लिक गरेर  पनि आवेदन दिन सकिन्छ । 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved