१५ सय भन्दा माथि उक्लियो नेप्से: पौने २ अर्बको कारोबार, गुमाउनेमा ३ कम्पनीका लगानीकर्ता मात्र

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Mar 27, 2017 | 01:13:11 AM मा प्रकाशित

laxmi  sunrise bank

साताको पहिलो दिन आइतबार बजार परिसूचक नेप्से र कारोबार रकममा उछाल आएको छ  । कारोबार सुरु हुनासाथ बढ्न लागेको बजार ४७.७९ अंकले बढेर १५३३.८४ को उचाईमा पुगेर बन्द भएको छ    ।

आइतबार कारोबारमा आएका कुल १४३ कम्पनीका ३६ लाख ५७  हजार कित्ता शेयर खरिद बिक्रिबाट कुल २ अर्ब  ७६  करोड १ लाख २५  हजार ६   सय ५५  रुपियाँको कारोबार भएको छ ।  आजको कारोबारमा प्रभु इन्स्योरेन्स कम्पनीको संस्थापक शेयर मात्रै १९ करोड २८ लाख रुपैयाँको कारोबार भएको छ। आज अन्य बढी कारोबार हुनेमा नेपाल क्रेडिट एण्ड कर्मश, नेशनल हाइड्रोपावर, सानिमा बैंक, नेपाल बंगलादेश बैंक लगायतका छन।

 आज कारोबारमा आएका सबै सूचक बढेका छन्  । आज बढी कमाउनेमा हाम्रो विकास बैंक, लक्ष्मी लघु बित्ता, जान उत्थान सामुदायिक लघुवित्त लगायतका छन्  ।  

आज गुमाउनेमा सप्तकोशी डेभलपमेन्ट बैंक, सहारा विअक्स बैंक र प्रभु इन्स्योरेन्स कम्पनीका संस्थापक लगानीकर्ता छन् ।  

चुनाव हुने, नेप्सेमा अनलाईन प्रणाली भित्रिने, र अब बजार बढ्ने आशामा लगानीकर्ताको मनोबल वृद्धि हुँदा बजारमा हरियाली छाएको हो ।  

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved