दोस्रो सर्किट ब्रेकपछि नेप्सेमा आधा घण्टाको लागि कारोबार स्थगित, सूचक १६ सय नजिक

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Mar 28, 2017 | 10:54:15 PM मा प्रकाशित

laxmi  sunrise bank

मंगलबार बजार परिसूचक नेप्सेमा उछाल आएको छ । बजार खुलेको २३ मिनेट मै बजार ३ प्रतिशतले बढेपछि बजारमा पहिलो सर्किट ब्रेक लागेकोमा १ बजे ५६ मिनेटमा दोस्रो सर्किट ब्रेक लागेको छ  ।

पहिलो सर्किट ब्रेकपछि ११ बजेर ३८ मिनेटमा पुन कारोबार सुचारु भएको थियो । तर १२ बजेर ५६ मिनेटमा नेप्से थप १ प्रतिशतले बढेर ४ प्रतिशत पुगेपछि दोस्रो सर्किट ब्रेक लागेको हो  । अब कारोबार आधा घण्टा स्थगित भएर १ बजेर २६ मिनेटमा बजार पुन सुचारु हुने छ  ।

यो समाचार तयार पार्दासम्म बजार ६१  अंकले बढेको छ भने सूचक १५ सय ९५ पुगेको छ  । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved