तेस्रो पटक सर्किट ब्रेक लागेपछि नेप्सेमा कारोबार बन्द, सूचक २०१७ कै उच्च बिन्दुमा 

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Mar 29, 2017 | 12:02:26 AM मा प्रकाशित

laxmi  sunrise bank

बजार परिसूचक नेप्से बढेर तेस्रो सर्किट ब्रेक लागेसंगै मंगलबारको लागि शेयर कारोबार बन्द भएको छ । बजार खुल्ना साथ उकालो लागेको मंगलबारको कारोबारमा २३ मिनेट मै पहिलो सर्किट ब्रेक लागेको थियो ।  त्यस पछि १२ बजेर ५६ मिनेटमा नेप्से थप १ प्रतिशतले बढेर ४ प्रतिशत पुगेपछि दोस्रो सर्किट ब्रेक लागेको थियो  । दोस्रो सर्किट ब्रेकपछि १ बजेर २६ मिनेटमा खुलेको बजार १ बजेर ५८ मिनेटमा  ५ प्रतिशतले बढेपछि आजको लागि कारोबार बन्द भएको हो   ।

आज बजार ७६.७९ अंकले बढेको छ भने १ अर्ब ३८ करोड बढीको कारोबार भएको छ ।आजको कारोबारमा केवल ३ कम्पनीका लगानीकर्ताले गुमाएका छन् । त्यस्तै सूचक १६ सय अंक पार गरी १६१०.६२ को उचाईमा रोकिएको छ । यो सन् २०१७ कै उच्च बिन्दु हो । यस अघि डिसेम्बर २०१६ मा बजार १६ सय अंक माथि गएको थियो । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved