गरिमा बिकास बैंकले हकप्रद निष्काशनका लागि सेयरधनी दर्ता पुस्तिका बन्द गर्ने निर्णय गरेको छ। बैंकले ७० प्रतिशत हकप्रद निष्काशनका लागि चैत ३० का लागि बुक क्लोज गर्ने निर्णय गरेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ।
५ कारोबारको दिनको अन्तर मात्रै राखेर बुक क्लोज गर्ने निर्णय गरेकाले गरिमाको ७० प्रतिशत हकप्रद प्राप्त गर्न चैत २९ सम्म सेयर खरिद गरि आफ्नो नाममा नामसारी गरिसकेको हुनु पर्ने छ। चैत ३० मा बुक क्लोज गर्ने निर्णय गरेकाले चैत २९ सम्म कायम सेयरधनीहरुले मात्रै गरिमाको हकप्रद भर्न पाउने छन। बैंकको सेयर निष्काशन तथा बिक्रि प्रबन्धकमा एस क्यापिटल रहेको छ।
राष्ट्र बैंकले तोकेको चुक्ता पुंजी २ अर्ब ५० करोड पुर्याउने योजना अन्तर्गत गरिमा विकास बैंकले ७० प्रतिशत हकप्रद बिक्रि गर्न लागेको हो। हाल बैंकको चुक्ता पुंजी १ अर्ब २९ करोड रहेको छ। ७० प्रतिशत हकप्रद बिक्रि तथा वितरण पश्चात बैंकको चुक्ता पुंजी २ अर्ब २९ करोड पुग्ने छ। बैंकले चालु आर्थिक बर्षको दोस्रो त्रैमासमा १५ करोड ९५ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ।