धितोपत्र बोर्डको अध्यक्षमा १२ जनाको आवेदन, नेप्सेका पूर्व सीइओदेखि राष्ट्र बैंकका पूर्व इडीसम्म

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 11, 2021 | 04:42:26 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल धितोपत्र बोर्डको अध्यक्षको लागि कुल १२ जनाले आवेदन दिएका छन् । धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिको लागि गठित छनौट तथा सिफारिस समितिले कार्तिक ११ गते सुचना जारी गर्दै आवेदन आह्वान गरेको थियो ।

आवेदन दिने अन्तिम दिन आज बिहिबारसम्ममा १२ जनाको आवेदन परेको हो ।  बोर्डका कार्यकारी निर्देशक निरज गिरि र उप कार्यकारी निर्देशक डा. नवराज अधिकारीले पनि बोर्ड अध्यक्षको लागि आवेदन दिएका छन् । डा. अधिकारी बोर्डको संचालक समितिको सचिव समेत हुन् । उनले यस अघि पनि बोर्ड अध्यक्षको लागि आवेदन दिएका थिए ।

त्यस्तै नेप्से कै पूर्व सीइओ सिताराम थपलिया, बीमा समितिका पूर्व अध्यक्ष चिरन्जीवी चापागाई र नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक डा. गोपाल भट्टले पनि आवेदन दिएका छन् । 

त्यस्तै डा. केशव प्रसाद श्रेष्ठ, रमेश हमाल, जीवन अमगाई, अनिल पौडेल,  र कृष्ण आचार्यले पनि आवेदन दिएका छन् । डा. श्रेष्ठले अघिल्लो पटक पनि आवेदन दिएका थिए । अन्तिम समयमा अम्बिका लामिछाने र शेयर बजार विश्लेषकको रुपमा परिचित हेमन्त बस्यालको पनि आवेदन परेको छ । 

 अर्थ मन्त्रालयले अध्यक्ष नियुक्ति गर्ने प्रयोजनका निमित्त नाम सिफारिस गर्नाका लागि सिफारिस समिति गठन गरेको थियो । मन्त्रालयले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. बिश्व पौडेल,  अर्थसचिव मधु मरासिनी, र विज्ञ सदस्यको रुपमा प्रा.डा नारायण प्रसाद पौडेल सम्मिलित सिफारिस समिति गठन गरेको हो।

यस समितिले धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति गर्नको लागि  योग्यता पुगेका कम्तीमा तीनजना व्यक्तिको नाम सिफारिस गर्ने छ । ति मध्ये बाट मन्त्रिपरिषद्को बैठकले एक जनालाई अध्यक्ष नियुक्त गर्ने ब्यबस्था छ । 

बोर्डको अध्यक्ष हुनको लागि स्नातकोत्तर उपाधि हासिल गरी धितोपत्र बजार व्यवस्थापन, पूँजी बजार विकास, आर्थिक, वित्तीय, वाणिज्य, व्यवस्थापन वा कानून क्षेत्रमा कम्तीमा सात वर्ष काम गरेका लब्ध प्रतिष्ठित व्यक्ति हुनु पर्ने ब्यबस्था ऐनले गरेको छ । 

बोर्डका अध्यक्ष भिष्मराज ढुंगानालाई सरकारले निलम्बन गरेपछि सरकारले नयाँ अध्यक्ष नियुक्तिको लागि प्रक्रिया बढाएको हो । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved