राष्ट्र उत्थान लघुवित्तको साधारणसभा सम्पन्न

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 02, 2022 | 02:34:56 PM मा प्रकाशित

laxmi  sunrise bank

राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्थाको साधारणसभा सम्पन्न भएको छ । कम्पनीले पुस १५ गते बनेपा स्थित आफ्नै केन्द्रीय कार्यालयमा सभा गरेको हो । 

सभाले आ.ब.२०७७/०७८ को वित्तीय विवरण पारित गरेको छ। त्यसै गरी साधारण सभाले अन्य ईजाजतपत्र प्राप्त कुनै उपयुक्त वित्तीय संस्थाहरु एक आपसमा गाभ्ने गाभिने (Merger) वा प्राप्ती (Acquisition) गर्ने सम्बन्धमा संचालक समितिलाई अख्तियारी दिने प्रस्ताव पारित गरेको छ। 

सभामा कम्पनीका कार्यकारी निर्देशक सुधीर प्रसाद लोहनीले कंपनीले आ.ब. २०७७/७८ मा खूद नाफा रु. ४ करोड ७१ लाख आर्जन गरेकोमा आ.ब. २०७८/०७९ को मंसिर मसान्त सम्ममा (५ महिनाको अवधिमा रु २ करोड ८५ लाख आर्जन गर्न सफल भएको बताए । उनले कम्पनीको प्रारम्भिक शेयर निष्कासन  स्वीकृति धितोपत्र बोर्डमा अड्केको कारण यस साधारण सभाबाट साधारण शेयरहोल्डरहरुका तर्फबाट संचालक समितिमा दुई संचालकहरुको प्रतिनिधित्वको व्यवस्था विषयसुचीमा समावेश गर्न नसकेको बताए।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved