आउने भयो राष्ट्रिय बिमा संस्थानको एफपीओ', एफपिओको मूल्य कति ?

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Apr 06, 2017 | 12:43:04 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल ग्रामिण बिकास बैंक लगायत केहि कम्पनीले प्रिमियममा फर्दर पब्लिक अफरिङ, एफपीओ निष्काशन गर्न नपाएको अवस्थामा राष्ट्रिय बिमा संस्थानलाई भने एफपीओ निष्काशनको बाटो खुला भएको छ। 

बिमा समितिका तत्कालिन अध्यक्ष फत्त बहादुर केसीसंगको जुँगा लडाईका कारण रोकिएको बिमा संस्थानको बोनस सेयर चिरिन्जीबी चापागाई बिमा समितिका अध्यक्ष भए लगत्तै स्वीकृत भएको हो। 

बिमा समितिबाट स्वीकृत पाएसंगै बिमा संस्थानलाई प्रिमियम मूल्यमा एफपीओ निष्काशनको बाटो खुलेको छ। एफपीओ निष्काशन गर्नका लागि  लगातार ३ बर्षसम्म सेयरधनीहरुलाई लाभांश वितरण गरेको हुनु पर्ने यस प्राबधानलाई संस्थानले पुरा गरे लगत्तै उसलाई एफपीओ निष्काशनको बाटो खुलेको हो। 

हेर्नुहोस संस्थानले २००३/४ देखि २००५/६ सम्म प्रस्ताब गरेको बोनस सेयर र त्यसबाट कायम हुन आएको चुक्ता पुंजीको विवरण:


३ आर्थिक बर्षको बोनस सेयर वितरण पश्चात बिमा संस्थानको चुक्ता पुंजी २७ करोड ६४ लाख ९५ हजार १ सय ३ रुपैयाँ पुग्ने छ। त्यस्तै संस्थानमा संस्थापक सेयर अनुपात ८७ दशमलब ७० तथा साधारण तर्फ १२ दशमलब ३० प्रतिशत पुग्ने छ। 

बिमा संस्थानमा सेयरहोल्डर संरचना:

बिमा संस्थानमा हाल कायम सेयर संरचना अन्तर्गतको संस्थापक तर्फको (टेबलमा उल्लेख) ७ दशमलब २३ प्रतिशत सेयर साधारण सेयरमा  रुपान्तरण हुने जनाइएको छ। नेपाल सरकारको पूर्ण स्वामित्वमा स्थापना भएको राष्ट्रिय बिमा कम्पनीको सेयर संरचना अन्तर्गत हाल संस्थानमा रहेको उक्त संस्थापक (७.२३) प्रतिशत संस्थापक सेयर साधारण सेयरमा रुपान्तरण हुने बताइएको छ। उक्त प्रस्ताब हाल विचाराधीन अवस्थामा रहेको छ । कम्पनीको बार्षिक साधारणसभाले उक्त प्रस्ताब पारित गरे पश्चात उल्लेख संस्थापक सेयर साधारणमा रुपान्तरण हुने जनाइएको छ । 

बिमा संस्थानको पारित बोनस सेयर वितरण तथा संस्थापक सेयर साधारणमा रुपान्तरण पश्चात संस्थानको सेयर अनुपात संस्थापक तर्फ ८० दशमलब ४६ तथा साधारण तर्फ १९ दशमलब ५४ प्रतिशत रहने छ। 

बिमा समितिको निर्देशन अनुसार बिमा कम्पनीको कुल चुक्ता पुंजीको ७० प्रतिशत संस्थापक र ३० प्रतिशत सेयर साधारण हुनु पर्ने छ । उक्त व्यवस्थालाई आधार मान्दा पनि राष्ट्रिय बिमा संस्थानले कम्तिमा पनि १३ प्रतिशत एफपीओ जारि गर्नु पर्ने छ। 

१३ प्रतिशत एफपीओ निष्काशन तथा वितरण पश्चात राष्ट्रिय बिमा संस्थानको चुक्ता पुंजी ३१ करोड ७८ लाख ११ हजार ३ सय ७१ रुपैयाँ पुग्ने छ। प्रिमियम बापतको मूल्य संस्थानको जगेडा कोषमा जम्मा हुने छ। दोस्रो बजारमा राष्ट्रिय बिमा संस्थानको १८० दिनको सेयर कारोबारको औषत मूल्यलाई आधार मान्ने हो भने संस्थानले प्रति कित्ता १ सय रुपैयाँमा प्रिमियम सहित प्रति कित्ता करिब ३ हजार देखि ४ हजार रुपैयाँमा एफपीओ निष्काशन गर्न सक्ने अनुमान गर्न सकिन्छ। 

नेपाल ग्रामिण बिकास बैंक , रिलायबल लोट्स फाइनान्स, फरवार्ड कम्युनिटी माइक्रोफाइनान्स लगायतका कम्पनीहरु नाफामा हुँदा हुँदै पनि लगातार ३ बर्षसम्म लाभांश वितरण नगरेका कारण प्रिमियम मूल्यमा एफपीओ निष्काशन गर्नबाट रोकिएका छन् । यसैक्रममा संस्थानले हालै मात्रै लगातार ३ बर्षको लाभांश बितरण गर्ने अनुमति पाएसंगै संस्थानले एफपीओ बिक्रि गर्न पाउने देखिन्छ। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved