साताको अन्तिम दिन बिहिबार बजार परिसूचक नेप्सेमा सामान्य गिरावट आएको छ । तिब्र उतार चढाव देखिएको बिहीबारको बजार ५.९८ अंकले घटेर १६५१.०४ बिन्दुमा रोकिएको छ ।
आज कुल १४३ कम्पनीका २३ लाख ३७ हजार कित्ता शेयर खरिद बिक्रिबाट १ अर्ब ४१ करोड २४ लाख बराबरको कारोबार भएको छ । जस मध्ये नेपाल क्रेडिट एण्ड कर्मश बैंकको मात्रै झन्डै १३ करोड कारोबार भएको छ । अन्य बढी कारोबार हुनेहरुमा सुर्य लाइफ इन्स्योरेन्स, नेपाल बैंक, सनराइज बैंक, गुराँस लाइफ इन्स्योरेन्स रहेका छन् ।
आजको कारोबारमा बढी कमाउनेमा नेपाल इन्स्योरेन्स, सुर्य लाइफ इन्स्योरेन्स, राष्ट्रिय बिमा कम्पनी, ग्रिन डेभलपमेन्ट बैंक, गुर्खाज फाइनान्सका लानैकर्ता रहेका छन् । नेपाल इन्स्योरेन्स, सुर्य लाइफ इन्स्योरेन्स, राष्ट्रिय बिमा कम्पनीको शेयर मूल्य १० प्रतिशतले बढेको छ ।
आज बढी गुमाउनेमा नेपाल ग्रामिण विकास बैंक, रिडी हाइड्रोपावर , जेबिल्स फाइनान्स, वेस्टर्न डेभलपमेन्ट बैंक, कालिका माइक्रोक्रेडिट डेभलपमेन्ट बैंकका लगानीकर्ता रहेका छन् ।
साताभर नेप्से ६३ अंकले बढेको छ ।