देव विकास बैंकले साझा विकास बैंकलाई प्राप्ति गर्ने भएको छ। यस सम्बन्धि समझदारी पत्रमा दुबैं बैंकका संचालक समितिका अध्यक्ष ले हस्ताक्षर गरेसंगै साझा बिकास बैंक देव बिकास बैंकमा गाभिने निश्चित भएको हो।
यस सम्बन्धि समझदारी पत्रमा देवः विकास बैकको तर्फबाट संचालक समितिका अध्यक्ष प्रा.डा. सुवर्णलाल बज्राचार्य र साझा विकास बैंकको तर्फबाट संचालक समितिका अध्यक्ष फकिरसिंह कडायतले हस्ताक्षर गरेका छन।
साझालाई गाभेपश्चात बन्ने बैंकको नाम देब नै रहने तथा संचालक समितिको अध्यक्ष र प्रमुख कार्यकारी अधिकृत समेत देवः को नै रहने समझदारी भएको जनाइएको छ। यस अघि सेन्चुरी कमर्शियल बैंकमा गाभिने चर्चा चलाइएको भएपनि अन्तत साझाले देब बिकास बैंकमा बिलय हुने भएको छ।
धनगडी कैलालीमा मुख्य कार्यालय रहेको १० करोड चुक्ता पुंजी रहेको साझालाई गाभेपछी देवको चुका पुंजी १ अर्ब ७३ करोड हाराहारी पुग्ने छ। राष्ट्रिय स्तरको बिकास बैंकमै रहन देवले यस अघि नै युनियन फाइनान्सलाई गाभ्ने प्रक्रियालाई अघि बढाएको छ। १७ करोड ६५ लाख रुपैयाँ चुक्ता पुंजी रहेको युनियन फाइनान्सलाई गाभेपछी देवको चुक्ता पुंजी १ अर्ब ६१ करोड पुगेको छ। देवले गत आर्थिक बर्षको कमाईबाट १४ प्रतिशत बोनस तथा ५० प्रतिशत हकप्रद बिक्रि गरि चुक्ता पुंजी १ अर्ब ४४ करोड पुर्याएको थियो।
युनियन फाइनान्स र साझालाई गाभेपश्चात देवको शाखा संख्या ४६ पुग्ने छ । त्यस्तै निक्षेप संकलन ११ अर्ब र कर्जा तथा लगानी प्रवाह ९ अर्ब ४५ करोड पुग्ने जनाइएको छ। चुक्ता पुंजी २ अर्ब ५० करोड पुर्याएर राष्ट्रिय स्तरको बिकास बैंकमा टिकिरहन देवले अन्य वित्तीय संस्थासंगको प्राप्ति तथा मर्जरको प्रक्रियालाई समेत जारि राख्ने जनाइएको छ।
बिजपाटीलाई प्राप्त जानकारी अनुसार देव विकास बैंक रिलायन्स फाइनान्सलाई समेत गाभेर चुक्ता पुंजी २ अर्ब ५० करोड पुर्याउने योजनामा रहेको छ। गत आर्थिक बर्षको कमाईबाट १५ प्रतिशत बोनस र ६० प्रतिशत हकप्रद बितरण पश्चात रिलायन्सको चुक्ता पुंजी ८२ करोड पुग्ने छ।
कसलाई कति स्वाप रेसियो
प्राप्त जानकारी अनुसार युनियन फाइनान्सले ५० प्रतिशत, साझा बिकास बैंकले ७०-८० प्रतिशतका दरले स्वाप रेसियो पाउने भएका छन। अर्थात युनियन फाइनान्सको १०० कित्ता भएका सेयरधनीहरुले देवको ५० कित्ता, साझाको १०० कित्ता भएकाले देवको ७० देखि ८० कित्ता सेयर पाउने छन। त्यस्तै रिलायन्स फाइनान्ससंग १:१ को स्वाप अनुपातमा गाभ्ने गाभिने प्रक्रिया अघि बढेको जनाइएको छ।