सानिमा बैंकले बैशाख १७ गतेदेखि हकप्रद बिक्रि गर्ने भएको छ। बैंकले १०:३ को अनुपातमा अर्थात् हाल कायमचुक्ता पुंजी बराबरको हकप्रद निष्काशन गर्न लागेको हो । बैंकले प्रति कित्ता १०० रुपियाँ पर्ने गरी १ करोड ५९ लाख १७ हजार छ सय १७ कित्ता सेयर निष्काशन गर्न लागेको हो ।
हकप्रद निष्काशन प्रयोजनको लागि बैंकले शेयरधनी दर्ता पुस्तिका चैत्र १८ गते बन्द गरेको थियो । चैत्र १७ सम्म कायम शेयरधनीले मात्र हक्प्रद्को लागि आवेदन दिन सक्नेछन् । लगानीकर्ताले जेठ २१ गतेसम्म आवेदन दिन सक्ने छन् । हकप्रद निष्काशनका लागि सिबिआईएल क्यापिटल लिमिटेड बिक्री प्रबन्धक नियुक्त भई सकेको छ ।
इच्छुक लगानीकर्ताले सिबिआईएल क्यापिटल लिमिटेडको कार्यालय डिल्लीबजार, सानिमा क्यापिटल नक्साल र सानिमा बैंकको शाखा कार्यालयबाट आवेदन दिन सक्ने छन् ।
सानिमाले चालु आर्थिक बर्षको दोस्रो त्रैमाससम्ममा ६२ करोड २५ लाख खुद नाफा कमाएको थियो । बैंकको चुक्ता पुंजी ५ अर्ब ३० करोड रहेकोमा ३० प्रतिशत हकप्रद बिक्रिपछि चुक्तापुंजी ६ अर्ब ९० करोड पुग्ने छ ।