लर्ड्स मैदानमा हुने नेपाल र एमसीसीको बीचको खेल लाइभ हेर्न पाइने

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jul 19, 2016 | 05:03:26 AM मा प्रकाशित

laxmi  sunrise bank

mcc vs nepalआगामी महिना नेदरल्यान्डसँग उसकै घरेलु मैदानमा विश्व क्रिकेट लिग च्याम्पियनसिप खेल्ने तयारीमा रहेको नेपाल राष्ट्रिय क्रिकेट टोली मेरोलेबोन क्लबको निम्तोमा करिब एक सातादेखि बेलायतको भ्रमणमा रहेको छ । बेलायत भ्रमणको क्रममा नेपालले त्यहाँका ४ स्थानीय क्लबसंग अभ्यास खेल खेलिसकेको छ । नेपालले उत्कृष्ट प्रदर्शन गर्दै साबि ४ खेलको नतिजा आफ्नो पक्षमा परिसकेको छ ।

अब नेपालले भोलि मंगलबार विश्वकै पुरानो मेरिलिबोन क्रिकेट क्लब (एमसिसी)संग बेलायतको लर्ड्स मैदानमा प्रतिस्पर्धा गर्ने छ । ४ ओटै खेलमा जित दर्ता गरेको नेपाली टोली उच्चा मनोबलमा छ ।

बिश्व कै पुरानो टोलीसंग नेपालले लर्ड्स मैदानमा खेल्न लागेको यो पहिलो पटक हो। नेपाली क्रिकेट प्रेमीहरुले यस ऐतिहासिक क्षणको घर मै बसी मज्जा लिन सक्ने छन् ।
एमसीसीले आफ्नो आधिकारिक युट्युब च्यानल मार्फत खेलको प्रतक्ष्य प्रसारण गर्ने जनाएको छ ।

नेपाल र बेलायतबीच कुटनीतिक सम्बन्ध कायम भएको २०० बर्ष पुगेको अवसरमा यो खेल हुन् लागेको हो । क्रिकेटको मक्का समेत भनिने लर्ड्समा हुन् लागेको यो खेल ५० ओभरको हुनेछ ।

बेलायत प्रस्थान गर्नु अघि नेपाली टोलीका कप्तान तथा प्रशिक्षकले नेपालका लागि लर्ड्समा खेल्नु नै ठूलो अवसर भएको बताएका थिए । खेल हेर्न १० हजार नेपाली आउने अनुमान आयोजकले गरेको छ । खेलको लागि टिकटको मूल्य १० पाउण्ड राखिएको छ भने ६५ बर्षभन्दा बढी उमेरकाले ५ पाउण्ड मै खेल हेर्न सक्ने छन् । १६ बर्ष मुनिकाले निशुल्क रंगशालामा गएर खेल हेर्न सक्ने छन् ।

खेल नेपाली समय अनुसार दिउँसो ४:१५ बजे सुरु हुनेछ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved