अर्थतन्त्र नबुझ्ने अर्थशास्त्रीहरुले वामपन्थी सरकार विरुद्ध हल्ला चलाएर नेप्से घटाए: ओली

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Nov 12, 2017 | 10:41:01 AM मा प्रकाशित

laxmi bank

पुर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालको अर्थतन्त्र नबुझ्ने अर्थशास्त्रीहरुले वामपन्थी सरकारकोविरुद्ध हल्ला चलाएर नेप्से घटाएको आरोप लगाएका छन। 

झापा ५ का उम्मेदवार समेत रहेका ओलीले झापाको गौरादहमा आइतबार बिहान भएको चुनावी कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा यस्तो बताएका हुन।  'अर्थतन्त्र नबुझ्ने अर्थशास्त्रीहरुले बाम सरकार बिरुद्द हल्ला चलाएर नेप्से घटाउन लागिपरेका छन' सम्बोधनका क्रममा ओलीले बताए। 

त्यस्तै एमाले अध्यक्ष ओलीले मंसिर ९ गते पार्टी एकीकरणको कुनै कार्यक्रम नरहेको समेत स्पष्ट पारेका छन। मंसिर ९ गते पार्टी एकीकरण गर्ने समाचार सामाजिक सञ्जालमा आएको सम्बन्धमा प्रतिक्रिया दिंदै त्यस्तो कार्यक्रम नभएको बताए। 

पार्टी एकता हुँदैन भनेर हल्ला चलाउनेहरुले नै यस्तो कथा बुनेको ओलीले आरोप लगाएका छन। 'पार्टी एकता हुँदैन भन्नेहरुले नै कथा बाचन गरिरहेका छन' ओलीले भने। उनले दुई वामपन्थी दल एमाले र माओवादी केन्द्रबीच एकीकरण हुने दाबी गरे ।   

 तस्बिर सौजन्य: चेतन अधिकारी/ओलीको निजी सचिवालय



Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved