फेरी बढ्यो डिजेल, पेट्रोल र मट्टीतेलको मूल्य, हेर्नुहोस अब कति पुग्यो ?

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Jun 02, 2018 | 07:06:37 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मुल्य बढाएको छ। अन्तर्राष्ट्रिय बजारमा इन्धनको मुल्य वृद्धि भएपछी नेपाली बजारमा पनि पेट्रोलियम पदार्थको मुल्य वृद्धि भएको निगमले जनाएको छ। 

पेट्रोल, डिजेल, मट्टीतेल प्रति लिटर तीन —तीन रूपैयाँ र हवाई इन्धन आन्तरिकतर्फ प्रति लिटर पाँच रुपैयाँ, अन्तराष्टियतर्फ प्रति केएल ७५ डलर बढेको निगमका प्रवक्ता वीरेन्द्र गोइतले बताए। 

पेट्रोलियम पदार्थको मुल्य बढेपछी पेट्रोलको मूल्य प्रति लिटर एक सय १३ रुपैयाँ, डिजेल र मट्टितेलको ९५ पुगेको छ । एटीएफ आन्तरिकतर्फ तर्फ प्रतिलिटर १०० रुपैयाँ र अन्तराष्ट्रितर्फ प्रति केएल ७५ डलर बढेर एक हजार ७५ डलर पुगेको छ। खाना पकाउने ग्यासको मुल्य भने यथावत छ। 

यसअघि पेट्रोलको मुल्य प्रति लिटर ११० रुपैयाँ, डिजेल र मट्टीतेलको ९२ रुपैयाँ तथा एटीएफ आन्तरिकतर्फ ९५ रुपैयाँ र अन्तराष्ट्रिय प्रति केएल एक हजार डलर थियो।    

वृद्धि भएको मूल्य शनिबार राति १२ बजेबाट कार्यान्वयनमा आउने छ । मूल्य बढाउँदा पनि निगमको पाक्षिक घाटा १८ करोड रहेको निगमले जनाएको छ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved