रंगशाला निर्माण सहयोगार्थ मलेसियामा सिटि एक्सप्रेसको धुर्मुस सुन्तली साँझ

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 30, 2019 | 04:26:49 PM मा प्रकाशित

laxmi  sunrise bank

धुर्मुस सुन्तली फाउण्डेसनले चितवनमा निर्माण गर्न लागेको गौतम अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको सहयोगका लागि मलेसियामा धुर्मुस सुन्तली साँझ हुने भएको छ । 

सिटि एक्सप्रेस मनि ट्रान्सफरले चाइनिज नयाँ बर्षको बिदाको दिन पारेर क्वालालम्पुर,पेनाङ र जोहोरबारुमा धुर्मुस सुन्तली साँझ गर्न लागेको हो । कार्यक्रम माघ २२ गते मंगलबार क्वालालाम्पुर, २३ गते बुधबार पेनाङ र २७ गते आतबार जोहोरबारुमा हुनेछ । 

कार्यक्रममा धुर्मुस सुन्तलीसँगै  लोकदोहोरी गायक बद्री पंगेनी, सम्झना भण्डारी, गायिका मेलिना राईको प्रस्तुती रहने आयोजकले जनाएको छ । चितवनको भरतपुर महानगरपालिका रामपुरमा रहेको रामपुर कृषि तथा वन विश्वविद्यालयको २० बिघा जमिनमा ३० हजार दर्शक क्षमताको अत्याधुनिक सुविधासम्पन्न रंगशाला निर्माण गर्न कलाकार सीताराम कट्टेल धुर्मुस र कुञ्जना घिमिरे सुन्तलीले विभिन्न देशमा कार्यक्रम गर्दै आएका छन् । 

मलेसियामा गरिने कार्यक्रमबाट उठेको रकम धुर्मुस सुन्तली फाउण्डेसनलाई नै दिइने सिटि एक्सप्रेसका भविश्वर पंगेनी ले बताए। 

गौतमबुद्ध अन्तराष्ट्रिय क्रिकेट रगशाला निर्माण घोषणा, 'पहिलो खेल भारत र पाकिस्तानको'

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved