अतिक्रमण भएका सरकारी जग्गा जाँचबुझ गर्न आयोग गठन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 23, 2019 | 02:26:56 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले सरकारी जग्गा जाँचबुझ गर्न चार सदस्यीय आयोग गठन गरेको छ ।  जेठ ६ गते बसेको मन्त्रिपरिषद् बैठकले मोहन भट्टराईको अध्यक्षतामा आयोग गठन गरेको हो ।

आयोगले मुलुकभरिका सरकारी, सार्वजनिक र गुठी जग्गा संरक्षण सम्बन्धमा जाँचबुझ गर्ने छ । आयोगलाई ६ महिनाको कार्यावधि तोकिएको छ । 

सरकारले केही साताअघि सार्वजनिक गरेको २०७६/०७७ को नीति तथा कार्यक्रममा पनि सार्वजनिक, सरकारी र गुठी जग्गा अतिक्रमण बन्द गरी सरकार कै नाममा ल्याएर संरक्षण गर्ने योजना सार्बजनिक गरेको थियो ।

आयोग सदस्यहरुमा जानकी बल्लभ अधिकारी (संखुवासभा), दुर्गा दाहाल (महोत्तरी) र जगतबहादुर देउजा (सिन्धुपाल्चोक) तोकिएका छन् । 

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved