नक्कली प्रहरी बनेर मान्छे कुट्ने पक्राउ

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 07, 2019 | 10:05:40 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल प्रहरीको निरीक्षक हुँ भन्दै सर्वसाधारण कुटपिट गर्ने एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा काभ्रेपलाञ्चोका २० वर्षीय सौगात लुइँटेल रहेका छन् ।

महानगरीय प्रहरी वृत्त, नयाँ बानेश्वरले उनलाई पेप्सिकोलाबाट पक्राउ गरेको हो । पैदल यात्रु बलबहादुर सार्कीलाई प्रहरीको निरीक्षक हुँ भन्दै लुइँटेल र नायब निरीक्षक हुँ भन्दै योहुना घले मगरले कुटपिट गरेका थिए ।

वृत्तका प्रमुख गोविन्दराज काफ्लेका अनुसार नक्कली प्रहरी बनेर सर्वसाधारणको जिउ ज्यान जाँच गर्ने गरेको भन्दै उनीहरु विरुद्ध उजुरी परेको छ । लुइँटेलसँगै रहेर आफूलाई सईको परिचय दिने मगर भने अझै फरार छन् । उनको खोजी भइरहेको डीएसपी काफ्लेले बताए ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved